इबोलाबाट हालसम्म सात हजार मानिसको मृत्यु

Share:

काठमाडौं, मंसिर १४ । ज्यानमारा भाइरसका रुपमा चिनिएको इबोलाबाट अहिलेसम्म झण्डै सात हजार मानिस मारिएको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओले जनाएको छ ।

पश्चिम अफ्रिकामा मात्रै ६ हजार ९२८ व्यक्ति यसको चपेटमा परेका हुन् । विशेषज्ञहरु भने मृत्युभन्दा संक्रमणको दर कस्तो छ भन्ने बढी महत्वपूर्ण हुने बताउँछन् । यसले नै भाइरस कसरी फैलिरहेको छ भन्ने थाहा हुने उनीहरुको भनाइ छ ।

ebola

लाइबेरियामा इबोला संक्रमण दर घटेपनि सिएरा लियोनमा भने बढेको छ । गिनी, सिएरा लियोन र लाइबेरियामा अहिलेसम्म १६ हजारभन्दा बढी विरामीको पहिचान भइसकेको छ ।

मालीमै सात जनाको मृत्यु भएको छ । लाइबेरियामा सबैभन्दा बढी चार हजार १८१ जनाको मृत्यु भएको छ । अहिले पनि तीब्र गतिमा भाइरस फैलिरहेको सिएरा लियोनमा झण्डै सात हजार व्यक्तिको पहिचान भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: