
मंसिरको १९ देखी देशभर एकै साथ रिलिज हुन लागेको चलचित्र ‘नाईके”युनिट प्रचार प्रसारको लागि देश दौडाहमा हिडेको छ । आईतबार नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिईएको छ ।

कार्यक्रममा बोल्दै निर्माता नारायण खनालले अन्य चलचित्रको तुलनामा नाईके चलचित्र फरक रहेको र पहिलो पटक आर्यन सिग्देललाई द्धन्द्धको भुमिकामा देख्न सकिने बताउनुभयो । उंहाले फिल्मको निकै मेहनत र दुख गरेर काम सकायौ तर त्यो भन्दा पनि दुख रिलिज गर्दा हुने बताउनु भयो । प्राबिधिक रुपमा उत्कृट बनाउनका लागि फिल्म को रिलिज डेट पछि सारेको उंहाको भनाई छ ।
निर्देशक नेत्र गुरुङ् ले नाईके लाई उत्कृट बनाउन आफूले कुनै पनि कसर बांकी नराखेको बतानु भएको छ । ‘नाईके’ एउटा मसलेदार फिल्म हो , अहिले बनिरहेका फिल्म भन्दा केही भिन्न् छ र दर्शकहरुले मनपराउने मा आफु ढुक्क रहेको उंहाको भनाई छ । चलचित्रका नायक आर्यन भने घुँडाको अप्रेशन गरेर घरमा आराम गरिरहेका हुनाले सो पत्रकार भेटघाटमा आउने न सकेको भन्दै फोन बाट नै सबै पत्रकारलाई आफुले सधै गर्ने अभिनय भन्दा बिल्कुलै फरक अभिनय रहेको भन्दा सबैलाई एक पटक चलचित्र हेर्न हलमा गएर आफ्नो चलचित्र हेर्ने दर्शकलाई अनुरोध गर्दै सबै पत्रकारलाई समेत चलचित्रको प्रचार प्रसारमा सहयोग गर्न अनुरोध गर्नु भयो । सो पत्रकार भेटघाटमा चलचित्रका कलाकारहरु रेम बिक, बोधराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
यो बर्ष आर्यनका २ फिल्म चलेसकेका छन् । व्यापारिक रुपमा प्रेमीको भूमिकामा आर्यनले अभिनय गरेका ‘नोभेम्बर रेन’ र ‘लज्जा’ सफल ठहरिए । यसैले पनि एकातिर आर्यनको भूमिका परिवर्तन भएको ‘नाइके’ चलेको खण्डमा दर्शकले उनलाई नयाँ अवतारमा पनि रुचाएको ठहरिनेछ भने अर्को तिर सफल फिल्मको लिस्टमा ह्याट्रिक हुनेछ ।आईतबार नै चलचित्र युनिट हेटौडा तिर लागेको छ भने हेतौदको पत्रकार भेटघाट पछि पूर्वको विभिन्न ठाउमा प्रचार प्रसारको लागि लाग्ने छन् ।
चलचित्रमा आर्यन सिग्देल , सुरबिना कार्की र रोहीत पाण्डेको साथमा रेम बिक, बोधराज रेग्मी, सारिका केसी लगाएतले अभिनय गरेका छन् । करिब ७० लाखको लगानीमा निर्माण्ँ गरिएको फिल्मको कार्यकारी निर्माता बिष्णु हमाल हुन् भने नाईकेमा जगदिश खनाल , नारायण्ँ खनाल ,संगिता पराजुलि र आनन्द क्षेत्रीको समेत लगानी रहेको जानकारी दिईएको छ। अर्जुन तिवारीले खिचेको फिल्ममा रोहन नेपालीको नृत्य, सानु महर्जनको द्धन्द तथा ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायकको सँगीत रहेको छ ।
