एघारौ लेखनाथ महोत्सव सुरु, वृहत्तर विकासको लागि आर्थिक क्रान्ति आवश्यकः गर्भनर खतिवडा

Share:

कृपा भण्डारी
१८ मंसिर, लेखनाथ

कास्कीको लेखनाथ नगरपालिकास्थित भण्डारढिकमा ११ औँ लेखनाथ महोत्सव विहिबारदेखि सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग महासंघको संयुतm आयोजनामा सुरु भएको महोत्सवको नेपाल राष्ट्र बैङकका गर्भनर युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै प्रमुख अतिथि खतिवडाले देशको वृहत्तर विकासको लागि आर्थिक क्रान्ति आवाश्यक रहेको बताए । उनले आर्थिक क्रान्तिले समग्र देशको मुहार फेरिने भन्दै घरबाटै आर्थिक क्रान्तिको सुरुवात गर्नुपर्ने बताए । खतिवडाले प्रचुर सम्भावना रहेको कृषि क्षेत्रमा ब्यवसायिकरण गरेर उत्पादनका साधनमा सबैको पहुँच पुरयाउनुपर्ने धारणा राखे । गर्भनर खतिवडाले वित्तिय अनुशासन अन्र्तगत पुँजीमा पहुँच बढाउन लघुवित्तिय कार्यक्रमलाई समावेशीरुपमा अगाडि बढाउन नेपाल राष्ट्र बैङक अगाडि बढिसकेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि संसदिय विकास समितिका सभापति सभासद् रविन्द्र अधिकारीले लेखनाथ र पोखराको एकिकृत विकास विना कास्कीको समग्र विकास असम्भव रहेको बताए । उनले लेखनाथमा सात ताल बाहेक अन्य पनि थुप्रै पर्यटकिय सम्भावना भएका ठाउँहरु रहेको बताउदै ति ठाउँहरुको खोजी तथा प्रचारप्रसार गर्न आबाश्यक रहेको बताए । अधिकारीले सातताललाई जोड्ने सडकको योजना अहिले सुस्ताएको बताउदै अब सबै मिलेर छिटो भन्दा छिटो सात ताललाई जोड्ने सडक निर्माण गर्ने काममा लागिपर्नुपर्ने बताए ।

अर्का सभासद् यज्ञ बहादुर थापाले पोखराको फेवातालको प्रचार गरिरँदा संगै रहेका अन्य साततालालई पनि कसैले विर्सन नहुने बताए । उनले माघ ८ मै संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन आफुहरु लागिपरेको बताउदै समयमै संविधान बन्नेमा ढुक्क हुन आग्रह समेत गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर श्रेष्ठले देशमा लगानिको वातावरण बन्न नसकिरहेको बताउदै समयमै संविधान बनाई लगानिको वातावरण सुनिश्चित गर्न सभासद्हरुलाई आग्रह गरे ।

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ सुरु भएको महोत्स्व मंसिर २९ गतेसम्म चल्नेछ ।

महोत्सवका आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी, रहेका छन भने थप आकर्षणमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, विभिन्न उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरु रहेका छन् ।

विगतका महोत्सवमा सर्वाधिक लोक प्रिय कार्यक्रम गण्डकी तारा अन्तरगत स्तरिय राष्ट्रिय कलाकारहरु जन्माउन सफल महोत्सवले यस वर्ष पनि स्थानीय प्रतिभाको खोजी अन्तरगत गायन विधामा गण्डकी तारा लाई निरन्तरता दिएको छ । महोत्सवमा कवि शिरोमणी लेखनाथको स्मरणमा कविता प्रतियोगितालाई पनि निरन्तरता दिईने भएको छ । महोत्सवको प्रवेश टिकट रु ५० र मिवद्यार्थीका लागि रु ३० रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: