महिला फूटबल प्रशिक्षकको निधन

Share:

काठमाडौं, मंसिर २६\ चन्द्रनिगाहपुर रौतहटवाट अन्नपुर्ण न्युरो अस्पताल, माइतीघर काठमाडौंमा ल्याइएका प्रशिक्षक दलार्मीको उपचारको क्रममै असमायिक निधन भएको हो।

mahila rasikshak

दलार्मीको पार्थिब शरीरलाई अस्पतालमा राखिएको खेलकुद नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य अशोक पहाडीले बताए। ‘ब्रेन ह्यामरेज भए पछि १२ दिन अघि काठमाडौं ल्याइएका दलार्मीको आज साँझ असमायिक निधन भएको छ,’ पहाडीले नागरिकन्युजसँग भने, ‘उनको पार्थिब शरिरलाई चन्द्रनिगाहपुर लगिने छ ।’ उनका अनुसार एन्फाका अध्यक्ष गणेश थापा, उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ लगायतका पदाधिकारीहरु अस्पताल पुगेका छन्।
अनु लामा, तेज गुरुङ, लक्ष्मि पौडेल, नमिता दली, पुनम जर्घालगायतका चर्चित महिला फुटबल खेलाडी दलार्मी कै उत्पादन हुन । उनी ६० साल देखी प्रशिक्षणमा संलग्न थिए। रौतहट, चन्द्रनिगाहपुरमा उनले तीन तीन पटक राष्ट्रिय स्तरका महिला फुटबल प्रतियोगिता गराउन पहलकदमी गरेका थिए।

बिबिबार मात्रै मन्त्री परिषद बैठकले प्रशिक्षक दलार्मीको उपचारका लागि ५ लाख दिने निर्णय गरेको थियो । दर्लामीका ३ छोरा, दुई छोरी र एक श्रीमती छन्। उनको शब आजै चन्द्रनिगाहपुर लगिनेछ।

कमेन्ट गर्नुहोस्
Share: