पोखराको कल्पबृक्ष सहकारी लुटपाट घटना १५ महिनापछि सार्बजनिक

Share:

गोकुल बानियाँ, पोखरा २८ मंसिर । पोखराको मेघा सहकारी लुटपाट अभियोगमा पक्राउ परेका लुटेराहरु त्यसअघिनै अर्को सहकारीको रकम लुटपाटमा पनि संलग्न रहेको खुलासा भएको छ ।

१५ महिनाअघि भएको लुटपाट प्रहरीले अहिले सार्बजनिक गर्दै घटनामा संलग्नहरुको पहिचान भएको जानकारी दिएको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले मेघा सहकारी लुटपाटमा संलग्नहरुलेनै २०७० भदौ २८ गते अर्को सहकारीको रकम लुटपाट गरेको खुल्न आएको बिग न्यूजलाई जानकारी दिए ।

IMG_3569 copyपोखराको नयाँबजार स्थित कल्पबृक्ष बचत तथा ऋण सहकारी संस्थाको ९ लाख रुपैया लुटपाट भएपनि घटना सार्बजनिक भएको थिएन । घटनाबारे प्रहरीमा जानकारी भएपनि प्रहरी र सहकारी दुबै तर्फबाट गोप्य राखिएको थियो ।

प्रहरीका अनुसार २०७० भदौ २८ गते बिहान सवा १० बजे पोखराको चिप्लेढुङ्गा स्थित एपेक्स विकास बैंकबाट रकम झिकेर ग १ प ८१३० नम्बरको मोटरसाईकलमा जादै गरेको अबस्थामा सहकारीका कर्मचारी सालिग्राम पौडेलको साथमा रहेको ९ लाख रुपैया लुटपाट भएको थियो ।

पैसा लिएर सहकारी तर्फ जादै गर्दा बाटोमै रोकेर गोलघरका ट्राफिक प्रहरी हुँ भन्दै चेकजाचको बहानामा उनकै मोटरसाईकल सहित रकम लिएर फरार भएका लुटेरा मेघा सहकारी लुटपाटमा संलग्नहरुनै रहेको खुल्न आएको हो । पौडेलको मोटरसाईकल पोखरा –९ तुलसीघाट नजिकै बेबारिसे अबस्थामा भेटिएपनि लुटेराको पहिचान हुन सकेको थिएन ।

प्रहरी हिरासतमा रहेका मेघा सहकारी लुटपाटमा मुख्य योजनाकार सुशिल कुमार दुलाल र नारायण राईसंगको सोधपुछको आधारमा कल्पबृक्षको ९ लाख रुपैया लुटपाटमा पनि उनिहरुकै समुह सहभागि भएको खुल्न आएको प्रहरी उपरिक्षक लामाले बताए ।

मेघा सहकारी लुटपाटमा संलग्न मध्य फरार रहेका बिजय केसी र बसन्त गिरी सहितको योजनामा रकम लुटेको प्रहरीको दाबि छ । घटनामा संलग्न केसी र गिरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: