काठमाडौ, पुस १ \ पाकिस्तानको पेसावरमा तालिबानी आतकंकारीको समूहले एक विद्यालयमा आक्रमण गरी सय बढि विद्यार्थीको ज्यान लिएका छन् । सेनाले चलाएको एक स्कूलमा आक्रमण गर्दा मर्नेका संख्या १ सय ४१ पुगेका बीबीसीले जनाएको छ । जसमा १ सय ३२ बढी स्कुलका विद्यार्थी हुन्।
खैबर पख्तूनख्वाहका मुख्यमन्त्री परवेज खटकले घटनाको पुष्टि गरेका छन्। उक्त विद्यालयका धेरै जसो विद्यार्थी सैनिकका बालबालिकाहरु छन् र ति मध्ये धेरैको उमेर १६ वर्ष वा त्यो भन्दा मुनि रहेको छ। अन्य धेरैजना घाइते पनि भएका छन् ।सुरक्षा कारवाहीमा आक्रमणकारी पाँच जना तालिवानी मारिएका छन् । तालिबानले बीबीसीलाई फोन गरेर हमलाको जिम्मेवारी लिएको छ । पाकिस्तानी प्रधानमन्त्री नजाज सरिफ घट्नास्थल पेसावर पुगेका छन् । उनले बच्चाहरुको प्रधानमन्त्री नवाज सरीफले सो घटनालाई राष्ट्रिय शोक भन्दै हमलाको भर्त्सना गरेका छन्।मृत्युलाई राष्ट्रिय विपद् भन्दै तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार पाँच वा छ जना सुरक्षाकर्मीको पोशाक लगाएका लडाकु स्कूलभित्र प्रवेश गका थिए । त्यस क्षेत्रमा गोली चलेको र विष्फोटनको आवाज सुनेको बताइएको छ । सेनाले ५ सय विद्यार्थीलाई बाहिर निकालिएको उल्लेख गरेको छ । कति बन्धक बनाइएको छ भन्ने कुरा थाहा नभएको उल्लेख गरेको छ । पाकिस्तानी सुरक्षा सैन्यले उक्त विद्यालय भवनलाई घेराबन्दी गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गर ।
लडाकु समहु तालिवानका एक प्रबक्ताले हालै सेनाले गरेको कारवाहीको प्रतिक्रियामा आक्रमण गरिएको जनाएको छ । पछिल्ला समयमा सेनाले पाकिस्तानको उत्तरी वजिरिस्तानमा गरिएको कारवाहीमा हजारौं तालिवान लडाकु मारिएको बताइएको छ । पेशावरका अधिकारीहरुका अनुसार उक्त विद्यालयमा पांच सय विद्यार्थी अध्ययन गर्दछन्।
त्यसैगरी एकजना विपक्षी नेता तथा भूतपूर्व क्रिकेट कप्तान इमरान खानले पनि उक्त हमलालाई बर्बर कार्य भन्दै निन्दा गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पेशावरको विद्यालयमा भएको आक्रमणको निन्दा गरेका छन्।सामाजीक संजालको वेबसाइट ट्वीटरमा सन्देश व्यक्त गर्दै उनले उक्त हमलालाई अवर्णीनीय क्रुरताको संवेदनहीन कार्य भनेका छन्। उनले उक्त हमलामा आफ्ना प्रीयजन गुमाउनेहरुमो पीडामा आफू पनि सरिक रहेको जनाएका छन्।
नेपाल सरकारले पाकिस्तानमा भएको आतंकवादी आक्रमणको निन्दा गर्यो
आतंकवादी हमलाको नेपाल सरकारले पनि निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गरेर विद्यार्थीहरूलाई लक्षित गर्दै भएको उक्त आक्रमणको निन्दा गर्दै आक्रमणमा मारिएका प्रति दुःख व्यक्त गरेको छ। विज्ञप्तीमा उक्त आक्रमणलाई मानवताविरोध आक्रमण भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै परराष्ट्र मन्त्रालयले मारिनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा पनि समवेदना प्रकट गरेको छ।

