तालिबानद्धारा नृशंस हत्या गरिएका १ सय ३२ विद्यार्थीको सामूहिक अन्त्येष्टि

Share:

काठमाडौं, पौष २ । पाकिस्तानको पेशावर सहरस्थित सैनिक विद्यालयमा तालिवान बन्दुकधारीले आक्रमण गरी हत्या गरिएका १ सय ३२ विद्यार्थीको बुधबार सामूहिक दाहसंस्कार गरिएको छ । मंगलबार मात्र पेशावरस्थित एक सैनिक बिद्यालयमा तालिवानले १ सय ३२ विद्यार्थीसहित १ सय ४१ जनाको हत्या गरेका थिए ।

p6

घटनामा ७ जना बन्दुकधारी पनि मारिएका थिए । बन्दुकधारीहरुले विभिन्न कक्षा कोठा र परीक्षा हलमा प्रवेश गरी विद्यार्थीहरुमाथि गोली हानी हत्या गरेका थिए । आक्रमणमा घाइते भएका कम्तीमा १ सय ४० विद्यार्थी र शिक्षकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले आतंकवादसम्बन्धी मुद्दामा लगाइँदै आएको मृत्युदन्डको प्रतिबन्ध अन्त्य गरेको घोषणा समेत गरेका छन् ।

यसैबीच, पाकिस्तानी सेना जनरल रहिम शरिफ प्रमुख तालिबानविरुद्धको साझा रणनीति तय गर्न आकस्मिक रुपमा अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

यता, तालिवानी आक्रमणको विश्वभर निन्दा भएको छ । अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, र जापानले घटनाको निन्दा गर्दै आततायी हर्कत गर्नेलाई कुनै हालतमा छाड्न नहुने प्रतिक्रिया दिएका छन् ।

अफगानिस्ताानको तालिबानी विद्रोहीले समेत घटनाको भत्र्सना गर्दै घटनालाई ‘गैर इस्लामिक’ भनी टिप्पणी गरेको छ । तालिबानका प्रवक्ताले आफ्ना लडाकुविरुद्ध सेनाले गरेको कारबाहीको बदलामा यो आक्रमण गरेको जनाएका छन् ।

पाकिस्तानी सेनाले पेशावर नजिकको उत्तरी बजिरिस्तानमा तालिबानविरुद्ध बृहत् सैन्य कारबाही गरिरहेको छ । कारबाहीमा ठूलो संख्यामा तालिबान लडाकू मारिएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: