नन्दप्रसादको दाहसंस्कार गर : आयोग

Share:

काठमाडौं, पौष ७ । राष्ट्रिय मानवअधिकार आयोगले नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

nanda-prasad-adhikari-final-final

आयोग प्रवक्ता मोहना अन्सारीले सोमबार एक विज्ञप्ति जारी गर्दै दाहसंस्कारको प्रक्रिया यथाशीघ्र अघि बढाउन ध्यानाकर्षण गराएका हुन् ।

‘न्याय प्राप्तिका लागि लामो समयसम्म संघर्षरत रहेकै अवस्थामा मृत्यु हुनु र मृतकको साँस्कृतिक परम्पराअनुसार दाहसंस्कार हुन नसक्नु मानवअधिकारको दृष्टिकोणले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण’ भएको आयोगको भनाइ छ ।

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशन बसिरहेको बेला गत आश्विन ६ गते वीर अस्पतालमा नन्दप्रसादको निधन भएको थियो । निधनको ३ महिना बितिसक्दा पनि उनको दाहसंस्कार हुन सकेको छैन ।

वीर अस्पतालमा अनशनमा रहेकी अधिकारीकी धर्मपत्नी गंगामाया अधिकारीसँग कानुनमन्त्री नरहरि आचार्यले गत आश्विन ३१ नन्दप्रसादको स–सम्मान दाहसंस्कार गर्ने र छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्तालाई अविलम्ब कारबाही गर्नेलगायतका ५ बुँदे लिखित प्रतिबद्धता गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: