
कपिलवस्तु, ८ पुस
छ वर्षका बालकलाई अप्राकृतिक करणी गर्ने एक युवकलाई कपिलवस्तु जिल्ला अदालतले १० वर्षको कैद र १० हजार जरिवाना तोकेको छ ।
कपिलवस्तु जिल्ला अदालतले दोहनी गाविसका तौलु भन्ने सराफत अली मुसलवानलाई यो सजाय सुनाएको हो । कपिलवस्तुमा पहिलोपटक नै युवकले बालकलाई करणी गरेको आरोपमा जिल्ला अदालतले यस्तो फैसला गरेको जनाएको छ ।
जिल्ला अदालत कपिलवस्तुका जिल्ला न्यायाधीश अच्युतप्रसाद भण्डारीको एकल ईजलासले सराफतलाई कसुरदार ठहराउदै सो फैसला सुनाएका थिए ।
कमेन्ट गर्नुहोस्
