
पोखरा, ८ पु्ष \ नेपाली चलचित्र ‘छेस्को’ को प्रिमियर सो पुष १५ गते हुने भएको छ । पुष १० गते हुने भनिएको उक्त सो विभिन्न कारणले गर्दा सरेको चलचित्रका शह–निर्माता जितेन्द्र खड्काले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका हुन् ।
उक्त चलचित्र यस बर्षको अन्तिममा देशभर प्रदर्शन हुने निर्माता दुर्गा विष्टले बताईन । विशेष गरि पोखरा छायङकन भएको चलचित्र निर्माण गर्न करिब ३० लाख खर्च लागेको निर्माण नियन्त्रक सागर महतले जानकारी दिए । युवा वर्गहरुलाई लक्षित गरि निर्माण गरिएको चलचित्रमा लागु औषध दुर्वेशनी र प्रेमलाई उतारिएको निर्देशक सुरेस थापाले बताए ।
चलचित्रमा अन्जीत केसी,रविन वैध, राजन कार्की, पुजना प्रधान, पवित्रा आचार्य, सृष्टि सेन्चुरी लगायतका कलाकार रहेका छन् ।

