
गोकुल बानियाँ पोखरा १० पुस । नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले दुई तिहाईको दम्ब नदेखाउन कांग्रेस एमालेका शिर्ष नेतृत्वलाई आग्रह गरेका छन् । संबिधान निर्माणको क्रममा प्रतिपक्षले अबरोध गरे दुई तिहाईले पेलेर जाने पार्टी अध्यक्ष केपी ओलीले बताईरहेका बेला नेता नेपालले बहुमतले पेल्न नहुने धारण ब्यक्त गरेका हुन् ।
सहमतिको प्रयास भैरहेका बेला दुई तिहाईको दम्भ देखाउदा एमाओबादी सहितका दलहरु झनै बिच्किने भएकाले अन्तिम समय सम्म सहमतिको बाटो कुर्नुपर्नेमा उनले जोड दिए । पुष्पलाल स्मृति पार्क पोखराको तेस्रो साधारण सभामा बोल्दै नेता नेपालले सबै बिषयमा सहमति हुन नसके असहमतिका बुदामाथि फरक मत राखेर भएपनि दुई तिहाईको निर्णय स्विकार्न प्रतिपक्षलाई आग्रह गरे । यद्यपी उनले अन्तिम समय सम्म सहमतिको प्रयास भने जारी राख्नुपर्नेमा जोड दिएका छन् ।
२०४७ सालको संबिधानमा पनि एमालेले असहमतिका बुदामा फरक मत राखेर दुई तिहाईको निर्णय स्विकारेको स्मरण गराउदै उनले सोहि अभ्यासलाई पुन दोहो¥याउन सकिने धारणा राखे । पूर्ब प्रधानमन्त्री समेत रहेका नेपालले जातिय आधारमा बन्ने राज्य कुनै पनि हालतमा मान्न सकिने स्पष्ट पारे । ‘ एमाओबादी पनि संबिधान निर्माणको लागि लचकता अपनाउनुपर्छ अन्यथा अन्तिम समयमा प्रक्रियामै जानुपर्छ ’, उनले भने चित्त नबुझे दुई तिहाईले सच्याउन सकिन्छ । ’
एमाले केन्द्रिय सदस्य एबं सभासद् रबिन्द्र अधिकारीले संबिधानसभामा पेश भएको राजनितिक संबाद समितिको प्रतिबेदन सर्त सहित सहमतिको लागि पुन ः समितिमै फर्काउन सकिने बताए । बढीमा ५ दिन सम्मको समय दिएर असहमतिको बिषयमा सहमतिको लागि प्रयास गर्ने र नभए संबिधानसभाले प्रक्रिया सुरु गर्ने गरी प्रतिबेदन संबाद समितिमै फर्काउन सकिने उनले बताए ।
अर्का सभासद् यज्ञ बहादुर थापाले एमाओबादी सहमतिमा नआए दुई तिहाईको आधारमा भएपनि समयमै संबिधान जारी हुने दाबि गरे ।

