फिलिप ह्युजको ब्याट सगरमाथामा लगिने

Share:

काठमाडौं, पौष ११ । गत महिना बलले लागेर २५ वर्षकै उमेरमा मृत्यु भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको ब्याट विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइने भएको छ ।

philip hudge

नेपाल क्रिकेट संघ (क्यान)ले गरेको प्रस्तावलाई अष्ट्रेलिया क्रिकेट बोर्डले स्वीकारेसँगै ह्युजले खेल्ने गरेको ब्याट सगरमाथा पुर्‍याइने भएको हो । यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतसँग आवश्यक पहल गर्ने क्यानले जनाएको छ ।

यसैबीच, ह्युजले अन्तिम खेलमा बनाएको ६३ रनको सम्झनामा नेपालमा ६३ ओभरको खेल खेल्नका लागि क्यानले गरेको आग्रहलाई स्वीकार्दै अष्ट्रेलिया क्रिकेट बोर्डका अध्यक्ष वाली एड्वार्डस्ले त्यसबारे छिट्टै तयारी थाल्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: