सौराहामा हात्ती महोत्सवको रौनक, शनिबार हात्तीहरुको वनभोज

Share:

चितवन, पौष ११ । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार देखि ११औं हात्ती महोत्सव सुरु भएको छ । बाघमारा सामुदायिक वनको चौरमा सुरु भएको महोत्सवको वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले उद्घाटन गरेका हुन् ।

hatti-final-final

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले निजी क्षेत्रले वन र वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताए ।

हात्ती महोत्सवको पहिलो दिन हात्तीहरुको डेढ सय मिटरको दौड प्रतियोगिता गरिएको छ । यो वर्ष हात्ती दौड प्रतियोगितामा २० ओटा हात्तीले सहभागिता जनाएका छन् ।

पहिलो चरणअन्तर्गत अग्नि ग्रुपको बम्बोजकली, हिमालयन इन्काउन्टरको चम्पाकली, मनकामना दर्शनको पुनमकली, सिने म्याक्स ट्राभल्स टुर्सको जानकीकली र बुल पाक्वेटको एकताकली गरी ५ ओटा हात्तीले प्रतिस्पर्धा गरेका छन् । ती मध्ये ४१ सेकेन्डमा दुरी पार गर्दै एकताकली पहिलो, ४६ सेकेन्डमा दुरी पार गर्दै जानकीकली दोस्रो र चम्पाकली तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

शनिबार हात्तीहरुको वनभोज कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: