पहिलो पटक अल्ट्रालाईटमा उडे माधब नेपाल

Share:

गोकुल बानियाँ पोखरा ११ पुस । एमाले बरिष्ठ नेता माधब कुमार नेपालले पहिलो पटक अल्ट्रालाईट उडान गरेका छन् । पोखरा अल्ट्रालाईट प्रालि मार्फत उनि शुक्रवार ३० मिनेट पोखराको आकाशमा उडे । क्लोज र ओपन दुई किसिमको एयर क्राफ्ट रहेको पोखरा अल्ट्रालाईटमा उनि ओपन एयर क्राफ्टमा उडेका थिए । बिहान करिब साढे १० बजेदेखि आधा घण्टा आकाशबाट पोखरा दृष्याबलोकन गरेका उनले पहिलो अनुभब निकै आनन्ददायक रहेका बताए ।

सञ्चालक बिप्लप पौडेलका अनुसार उनले अल्ट्रालाईट उडानले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बिश्वास ब्यक्त गरे । अल्ट्रालाईट एक पटक सबैले उड्नुपर्नेमा उनले जोड दिए । पोखरा, आसपासको दृष्याबलोकन संगै हिमाली दृष्यलाई मज्जाले नियाल्न पाएका उनले आफ्नो जिन्दगीको स्मरणिय पलको रुपमा अल्ट्रालाईटको उडान भएको प्रतिक्रिया दिए ।

पोखरा आएका पर्यटकलाई दृष्याबलोकनको लागि अल्ट्रालाईट निकै उत्कृष्ट माध्यम भएको भन्दै उनले यसमा आफुले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । सञ्चालक द्धय बिप्लप पौडेल र पोम नारायण श्रेष्ठले अल्ट्रालाईटको बारेमा नेपाललाई जानकारी गराएका थिए । पार्टीको कार्यक्रममा सहभागि हुन आएका उनले सोहि मौकाको सदुपयोग गर्दै उडान भरेका हुन् । उनको उडानको चाजोपाजो भने सञ्चालक पौडेलले मिलाएका हुन् ।

पोखरा अल्ट्रालाईटले नयाँ बर्षको अबसरमा स्वदेशी र बिदेशीको लागि बिशेष छुट प्याकेज समेत तयार पारेको छ । पोखरा अल्ट्रालाईट मार्फत उडान भर्ने स्वदेशीलाई जनवरी १० अर्थात् पुष २६ गते सम्मको लागि ३० र बिदेशीलाई १५ प्रतिशत छुट दिईनेछ । अल्ट्रालाईट उडानमा १५ मिनेटको ७०, ३० मिनेटको एक सय २५, ६० मिनेटको एक सय ९८ र ९० मिनेटको २ सय ८५ यूरो तिर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
Share: