
रञ्जन अधिकारी पोखरा, ११ पुस /अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष पोखराको लेकसाईड क्षेत्रमा पाँच दिनसम्म आयोजना हुँदै आएको सडक महोत्सव अन्तिम चरणमा पुगेको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान ) पोखराको आयोजनामा १६ औं संष्करणको सडक महोत्सव पौष १३ गते आईतबारदेखि देखि १७ गते सम्म लेकसाईडको तीन किमी सडकमा चल्नेछ । पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तर्रािष्ट्रय बजारमा चिनाउनको साथै पर्यटन प्रवद्धर्नमा टेवा पु¥याउन महोत्सवलाई निरन्तरता दिईएको अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
‘सडकमै खाऔं, सकडमै नाचौं, सडकमैं रमाऔं’ भन्ने नारा सहित सडकमै सांस्कृतिक तथा खेलकुद कार्यक्रम संचालन गर्ने गरिएको छ । सडक नै पाँच दिन सम्म कब्जा हुँदा लेकसाईड क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरु मर्कामा परेको गुनासो आएपछि प्रशासनको समेत ध्यानाकर्षण भएको थियो । अध्यक्ष भट्टराईले विदेशीहरुले आफ्नो नयाँ वर्ष धुमधामका साथ मनाउनका लागि पोखरामा विगत डेढ दशक बढि समयदेखि आयोजित यो महोत्सवले पोखराकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोले सबैको सहयोगको आवश्यकता रहेको बताए । ‘विरोध भन्दा पनि सहयोग गर्नुपर्छ । पर्यटक पोखरा भित्राउने गतिलो माध्यम महोत्सव बनेको छ । फाईदा पोखराकै लागि हो ।’ भट्टराईले भने – ‘स्थानीयबासीकै पूर्ण सहमति छ । यदि यो महोत्सव नहुने हो भने नारा जुलुस लगाउँछन् ।’ उनले महोत्सव गर्नका लागि स्थानीय प्रशासनले सहमति दिईसकेको समेत जानकारी दिए । विहान १० बजेदेखि सडकमा रमाईलो सुरु हुन थाल्ने गरेपनि यो वर्षदेखि मध्यान्ह १२ बजेदेखि मात्रै सडकमा अन्य सवारी बन्द हुने जानकारी गराए ।
पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सव सहयोगसिद्ध भएपनि पाँच दिनसम्म सडक अवरुद्ध हुनु सार्वजनिक हित विपरित भएको भन्दै गुनासो पनि सुनिन थालेको छ । तिहारमा रातिसम्म देउसीभैलो खेलेमा शान्तिसुरक्षा दिन नसक्ने राज्यलाई रात्री महोत्सव अर्को चिन्ताको विषय पनि हो । तर, सिसि क्यामरा जडित लेकसाईड क्षेत्रमा सुरक्षामा कुनै चिन्ता नरहेको आयोजकले बताएको छ । अवैध रहेका चुरोट र रक्सीका विज्ञापनको होर्डिङबोर्डहरु सडकमा देखिएकोमा यसलाई सुधार गर्दै अघि बढ्ने आयोजकले प्रतिबद्धता पनि जनाएको छ ।
महोत्सव अवधिभर पोखरा बस व्यवसायी समितिले बस सेवा दिने भएको छ । नयाँ वर्षको दिन राती १ बजेसम्म र अन्य दिनमा राती ११ बजेसम्म दिउँसोको भाडामैसेवा दिने सहमति भएको महोत्सवका संयोजक चौबहादुर गुरुङले जानकारी दिए । रातीको बस सेवामा विद्यार्थीलाई छुटको व्यवस्था भने छैन ।
शुक्रबार महोत्सव स्थल बसुन्धरा पार्कमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक गुरुङले महोत्सवमा पोखराका विभिन्न संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, पोखरा सेरोफेरोका विभिन्न जातिको संस्कृति प्रर्दशन, पोखरा भन्दा बाहिरका विभिन्न ठाउँका संस्कृतिको पनि प्रर्दशन गरिने जनाए । मुस्ताङ लोमानथाङको थकाली संस्कृति, बर्दियाको थारु संस्कृतिका साथ भारत गुजरातको संस्कृति पनि महोत्सवमा देख्न पाइने उनले जानकारी दिए ।
महोत्सवमा विगतका वर्षजस्तै विभिन्न खेलकुद कार्यक्रम पनि समावेश गरिएको उनले जनाए । बसुन्धरा पार्क भित्र बाल उद्यान, दोहोरी गीत, हस्य व्यङ्ग प्रहसन, नृत्य प्रस्तुती, लाइभ कन्सर्ट, विदेशी व्याण्डको प्रस्तुतीको साथै साहसिक र मनोरञ्जनात्मक बृत्तचित्र, फोटो प्रर्दशन गरिनेछ । महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टमा विशेष छुटको व्यवस्था गरिएको गुरुङले बताए । छुटलाई कार्यान्वयन गरे÷नगरेको बारेमा अनुगमन गरिने तोकिएको भन्दा बढि रकम लिएको पाइएमा कारवाही गरिने संयोजक गुरुङले बताउनुभयो ।
महोत्सवको उद्घाटन नेपालका लागि भारतीय राजदुत रञ्जित रेले गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्ेमलनमा रेवानका पूर्व अध्यक्ष सुर्यबहादुर भुजेल, सचिव लक्ष्मण बरालले पनि बोलेका थिए ।
File Photo: Google

