सशस्त्र प्रहरी राष्ट्रिय महिला भलिबलको फाइनलमा

Share:

बुटवल, पौष १८ । सशस्त्र प्रहरीको टिम बुटवलमा जारी १९औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

vollyballfifnl-final

सेमिफाइनलमा शुक्रबार पश्चिमान्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले फाइनलमा ठाउँ बनाएको हो । सशस्त्र २५–२०, २५–१५ र २५–१३ को सेटमा विजयी भएको हो ।

दोस्रो सेमिफाइनलमा शनिबार विभागीय टिम नेपाल पुलिस क्लब र मध्यमान्चल भिड्दै छन् ।

कमेन्ट गर्नुहोस्
Share: