
भैरहवा, पौष २० । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या बढेको बेला स्थल मार्ग हुदै रुपन्देहीको बेलहीया नाकाबाट नेपाल भित्रने पर्यटकको संख्या भने घटेको छ ।
सन् २०१४ मा एक हजार नौ सय ४० पर्यटक घटेको बताइएको छ । सन् २०१३ मा यो नाकाबाट १ लाख १९ हजार २ सय ३ पर्यटक नेपाल भित्रेकोमा सन् २०१४ को अन्त्यसम्ममा बेलहीया नाकाबाट १ लाख १७ हजार २ सय ६३ पर्यटक मात्र नेपाल भित्रिएको अध्यागमन कायालयको तथ्यांकले देखाएको छ ।
सन २०१२ को तुलनामा यो तथ्याङ्क हेर्ने हो भने यो २७ हजार २ सय ५ कम हो । सन् २०१२ मा १ लाख ४४ हजार ४ सय ६८ पर्यटक बेलहीया नाकाबाट नेपाल आएका थिए ।
सन २०१४ मा नेपाल र भारतमा संगसंगै निर्वाचन हुनका साथै शान्ति सुरक्षाका कारण पर्यटन आगमनमा केही कमी आएको हुन सक्ने अध्यागमनले जनाएको छ ।
बेलहीया स्थल मार्ग बाट विशेष गरी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न सार्कका साथै तेश्रो मुलुकका पर्यटकहरु आउने गर्दछन् ।
imagekhabar.com

