
भक्तपुर, पौष २१ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्तिको देश नेपालमा हिंसाको सुरुआत भएयता धर्ममाथि आक्रमण हुनेक्रम बढ्दै गएको बताएका छन् ।

काठमाडौंको शालीनदीमा सोमबार आयोजित बृहत धार्मिक सभा ज्ञान महायज्ञमा बोल्दै अध्यक्ष ओलीले सनातन धर्मले संस्कार र संस्कृतिको विकास गर्नुका साथै विज्ञानको सुरुआत पनि धर्मबाटै भएकाले यसलाई सकारात्मक रुपमाबुझ्नुपर्ने बताए ।
सो अवसरमा अध्यक्ष ओलीले ७० लाखको लागतमा निर्माण हुने बृद्ध सेवा आश्रमको शिलान्यास पनि गरेका थिए ।
एक महिनासम्म सन्चालन हुने महायज्ञबाट ३ करोड रकम संकलन गर्ने लक्ष्य रहेको आयोजक संस्थाका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिए ।
भागवतमा भारतबाट आएका परमहंस पिठाधीश आचार्य श्री १०८ टहल किशोरजी महाराजको पनि उपस्थिति थियो ।
