
काठमाडौं, पौष २६ । इन्डोनेसियाली नौसेनाले दुई हप्ताअघि दुर्घटना भएको एअर एसियाको ‘क्यूजेड ८५०१’ विमानको पुच्छर समुद्रबाट निकालेका छन् ।

विमानको पुच्छरको भागबाट अलग भएको विश्वास गरिएको ‘ब्लाक बक्स’को खोजी पनि भैरहेको छ । विमानमा सवार १ सय ६२ मध्ये अहिलेसम्म४८ जनाको शव निकालिएको छ । धेरै शवहरु विमानको भग्नावशेषमै रहेको अनुमान गरिएको छ ।
गत २८ डिसेम्बरमा इन्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको विमान जाभा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।
कमेन्ट गर्नुहोस्
