पांचौ पोखरा महोत्सव पुस ३० देखि, महोत्सवको सम्पूर्ण तयारी पुरा

Share:

पोखरा २८ पुस / पांचौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडी वढेको पोखरा युनाइटेड क्लवद्धारा आयोजना गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै क्लवका अध्यक्ष हिमालय बख्रेलले अमरसिंह नमुना उच्च मा.वि.को प्राङगणमा पुस ३० देखि माघ ८ गते सम्म सञ्चालन हुने पांचौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । युवाको जांगर, राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ २०६७ सालमा स्थापित भएको क्लवले पांचौ संस्करणको महोत्सवबाट पोखरामा नया पर्यटकीय गन्तब्यका रुपमा सेती नदी संरक्षणमा जोड दिने भएको छ । त्यसका लागी महोत्सवको प्रति टिकटबाट एक रुपैया छुट्याइने भएको छ । महोत्सवबाट संकलित आम्दानीको २० प्रतिशत शिक्षामा, २० प्रतिशत स्वास्थ्यमा २० प्रतिशत खेलकुद र २० प्रतिशत विभिन्न निकायमा समन्वय गरी बाकी रकम क्लवमा रहने क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

२ सय वढी स्टल रहने महोत्सवमा स्थानिय स्तरका उद्यमी तथा ब्यवशायी, विद्यार्थी, पत्रकार, सर्वसाधारण, सामाजिकत संघ सस्था, ब्यवशायीक संघ सस्था तथा पर्यटन सम्बन्धी संघ सस्थाहरुलाई लक्षित गरी औद्योगिक उत्पादनहरुको प्रदर्शनी एवं बिक्री, हसतकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय उपभोग्य बस्तुहरुको उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको होटलहरुको पूर्ण जानकारी, सामाजिक संघ सस्थाको पहिचान तथा जानकारी सहित पर्यटकीय गन्तब्यको जानकारी गराइने महोत्सव प्रचारप्रसार समितीका संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रतियोगिता, नेपालको ख्यातीप्राप्त व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुतीका साथमा लोकल व्याण्डको प्रस्तुती, हास्य ब्यङग्य प्रहशन, विभिन्न जातजातिका झाकी प्रदर्शन तथा प्रतियोगिता सहित प्रवेश टिकटमा पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, फुड फेस्टिभल, बाल उद्यान लगायत विबिध मनोरञ्जनात्मक कार्यक्रमहरु मुख्य आकर्षणका रुपमा रहने समेत गुरुङले वताए । पुस ३० गते प्रहरी महानिरीक्षकले उद्घाटन गर्ने महोत्सवको उद्घाटन समारोहमा पोखरा रङगशालाबाट विभिन्न संघसंस्था, आमासमुह उवं टोल विकास संस्थाको विभिन्न सांस्कृतिक झल्कने झांकी सहितको ¥याली हुने आयोजकले जनाएको छ ।

यसैविच महोत्सवलाई सफल बनाउनका लागी सोमबारनै सुरक्षा बैठक सम्पन्न भएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, विभिन्न टोल बिकास तथा आमा समुह र क्लवका पदाधिकारीहरुले महोत्सवलाई सफल बनाउनका लागी एकजुट भएर जाने निर्णय भएको क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: