ससुरालीले लगाए बलात्कारको मुद्दा, प्रेमिकाले जोगाइन जेलको यात्रा, अदालत परिषद् मै विवाह

Share:

पोखरा, पुस ३० /आफ्नै प्रेमिकालाई आफूखुसी बिहे गर्दा पर्वतको शंकरपोखरीका प्रदीप भुसालमाथि बलात्कारको मुद्दा आइलाग्यो । उनी २ महिना जेल परेर मंगलबार मुक्त भए । उनी जेलमुक्त हुनुमा यदि कुनै शक्तिले काम गरेको थियो भने त्यो हो उनको प्रेम । ससुराली पक्षले लगाएको बलात्कारको आरोप झुठो हो भनेर प्रेमिका अल्सना रानामगरलेले बकपत्र नदिएको भए प्रदीप जेलमै सड्थे । असोजको १९ गते भागी बिहे गरेको यो अन्तरजातीय जोडीविरुद्ध रानामगर परिवार ज्यानफालेर लागेको थियो ।

इष्टमित्र र नातेदारहरु मिलेर अल्सनाकी आमाको तर्फबाट प्रदीपविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेका थिए । अल्सनालाई पनि झुठो बकपत्र दिन दिनदिनैको दबाब थियो । घरबाट निस्कन र अरुकसैसँग बोल्न र भेट्नसमेत रोक लागेपछि प्रदीपप्रति उनको माया झन्झन् दरिलो भएर आयो अनि उनले अदालतमा आफ्नो कुरा राखिन् दबाबका अगाडि झुकिनन् । उनले न्यायाधीशका अगाडि भनिन्, ‘हामीले राजीखुसीले बिहे गरेका हौं, उनले मलाई बलात्कार गरेका छैनन् ।’ उनको त्यही भनाइ र अन्य प्रमाणका आधारमा कास्की अदालतका जिल्ला न्यायाधीश रामप्रसाद ओलीले प्रदीपलाई कसुर नठहर्ने फैसला गरिदिए ।

jody

फैसला आउनासाथै मंगलबार दिउँसो यो जोडीले अदालतकै प्रांगणमा बिहे ग¥यो । आफूलाई अर्कैसँग बिहे गर्दिन लागेको खबर अल्सनाले गरेपछि प्रदीपले उनलाई पोखराको तालबाराही मन्दिरमा बिहे गरेका थिए । त्यसको ३ दिनपछि असोज २२ गते घर फर्कंदा पर्वतको डिमुवामा दुवैलाई पक्रेर अल्सनाका आफन्तले प्रदीपलाई प्रहरीकहाँ बुझाएका थिए । भोलिपल्टै उनीविरुद्ध कास्की अदालतमा मुद्दा परेको थियो । अदालतले त्यही मुद्दामा उनलाई कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो ।

‘पीडित भनिएकैले आफूखुसी मञ्जुर भएर बिहे गरेको बताएकाले अभियुक्तले कसुर गरेको ठहर्ने देखिएन,’ मंगलबार न्यायाधीश रामप्रसाद ओलीले फैसला सुनाउँदै भने । रानामगर र भुसालबीचको मोबाइल सन्देश र अस्पतालको रिपोर्ट लगायत प्रमाणलाई पनि न्यायाधीशले आफ्नो फैसलाको आधार बनाएका छन् ।

प्रदीप आफ्नै गाउँ शंकरपोखरीको जनसहयोगी माविमा ९ र १० कक्षाका विद्यार्थीलाई विज्ञान पढाउँछन् भने अल्सना जिल्ला सदरमुकाम कुस्माको स्कुलमा १० पढ्दै छिन् । १६ वर्षमाथिको उमेरको जोडी भएकाले पनि अदालतले उनीहरुको बिहेलाई सदर ठह¥याएको हो । सदरमुकामको एउटा स्कुलमा पढाउँदा नै प्रदीपलाई आफूले मन पराएको अल्सनाले बताइन् । ‘उहाँको आनीबानी मन पर्छ,’ उनले भनिन् । प्रदीप पनि आफ्नी प्रेमिकाको साँचो मायाको दृद्ध अडानमा गर्व गर्छन् र भन्छन्, ‘प्रेम साँचो हुन्छ र साँचो माया झुक्दैन नि त ।’

By: Ganthan.com

कमेन्ट गर्नुहोस्
Share: