
पोखरा, २ माघ / अमरसिंह चौरमा जारी पांचौ पोखरा महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा दर्शकको संख्या संगै कारोवार पनि वढ्दै गइरहेको छ । तेश्रो दिनमात्र १८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने ४५ लाखको कारोवार भएको छ ।
युनाइटेड क्लव पोखराले आयोजना गरेको महोत्सवमा दर्शकहरुको उल्लामय सहभागीता जनाएको प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनका लागी नया गन्तब्य चिडियाखाना निर्माणको अवधारणा स्वरुप अगाडी वढेको क्लवले आयोजना गरेको पांचौ संस्करणको महोत्सव पोखरा आसपासमा आयोजना गरिने महोत्सव मध्ये अन्तिम महोत्सव भएकाले पनि महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता रहेको आयोजकले दावी गरेको छ ।
महोत्सवको तेश्रो दिन राष्ट्रिय कलाकारहरु राधिका हमाल, तारापति सुवेदी, प्रजापति पराजुली,चोलेन्द्र पौडेल,जिवन दाहाल,शिवहरी ढुंङगाना, घनश्याम रिजाल, सरस्वती लामिछाने,चन्द्रा कार्की, प्रदिप त्रिपाठी लगायतले लोकदोहोरीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिएभने पप तथा लाइभब्याण्ड कन्सर्ट तर्फ टम्बल वीड र स्थानिय लोकल ब्याण्डहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।
महोत्सवबाट संकलित आम्दानी मध्ये शिक्षा, स्वास्थ्य, खेलकुद र चिडियाखाना निर्माणका लागि २०÷२० प्रतिशत रकम छुट्याइने भएको छ । महोत्सवमा विभिन्न उत्पादनका करिव २ सय ओटा स्ट्रल छन् । महोत्सवको आकर्षणमा विविध मनोरञ्जनात्मक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी, बाल उद्यान, जनावर प्रदर्शनी, पप कन्सर्ट, पर्यटकीय स्थलको जानकारी, झाँकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी र बिक्री रहेका छन् । महोत्सवको नेपाल शालिमार सिमेन्टले मुख्य प्रायोजक गरेको छ भने जिल्ला विकास समिति कास्की र सिजी हार्डवेयर एण्ड सप्लायर्स विशेष सहयोगी रहेका छन् ।
महोत्सवमा आजको आकर्षणमा लोकदोहोरी तर्फ राष्ट्रिय कलाकार पशुपति शर्मा, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जिवन दाहाल, ज्योती लोहोनी लगायतको प्रस्तुती रहने छभने पप ब्याण्ड तर्फ अभया एण्ड स्टीम इन्जस तथा स्थानिय ब्याण्डहरुको बेजोड प्रस्तुती रहने छ ।

