विवादित विषयमा भोलिसम्ममा सहमति हुने नेताहरुको दाबी / कुनै पनि विषयमा सहमति भएको छैनः एमाओवादी

Share:

काठमाडौं, माघ ४ । संविधानका विवादित विषयमा सोमबारसम्ममा सहमति हुने दाबी नेताहरुले गरेका छन् ।

Prime Minister Baburam Bhattarai with the leader of four major political parties join hands in front of the media after signing an agreement to form a government led by chief justice Khilraj Regmi in Kathmandu

प्रमुख चार राजनीतिक शक्ति नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको आइबार बसेको बैठकपछि नेताहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भइसकेको दाबी गरे भने संघीयतामा पनि सहमतिनजिक पुगेको प्रतिक्रिया दिएका हुन् ।

संविधानसभा भवन नयाँबानेश्वरमा बिहान र दिउँसो गरी दुईपटक भएको वार्तापछि मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले सोमबारसम्ममा सबै विषयमा सहमति गरिने दाबी गरेका हुन् ।

नेताहरुले सबै विषयमा भोलि कुरा मिल्ने भन्दै अहिले केही नबोल्ने बताए । सबै कुरा अहिले भन्न नमिल्ने भन्दै सोमबारसम्ममा सबै कुरा मिल्ने दाबी नेताहरुले गरेका हुन् ।

कुनै पनि विषयमा सहमति भएको छैनः एमाओवादी

आन्दोलनलाई कमजोर पार्न खोजिएको आरोप

एकीकृत नेकपा माओवादीले संविधानका विवादित कुनैपनि विषयमा सिहमति हुन नसकेको बताएको छ ।

सो पार्टीले आज एक विज्ञप्ती जारी गर्दै संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित आन्दोलनलाई कमजोर पार्न विभिन्न सञ्चार माध्ययमहरुमा संविधानको अन्तर्वस्तुमा सहमति भइसक्यो भन्ने भ्रामक समाचार प्रकाशित भएको दाबी गर्दै त्यसमा आफूहरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा संविधानका अन्तर्वस्तुहरुमा दलहरुका बीचमा गम्भीर छलफल भएको सत्य भएपनि कुनै पनि विषयमा सहमति भने हुन नसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा प्याकेजमा कुनै सहमति नभइन्जेल संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित यही माघ ६ गतेको देशव्यापी आमहड्तालको कार्यक्रम यथावत रहेको पनि जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: