बन्दकर्ताले बिहानै पोखरामा माईक्रो जलाए (फोटो फिचर)

Share:

गोकुल बानियाँ,  पोखरा ६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दले आज पोखरा सहित देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् भने बन्दको अवज्ञा गरेको भन्दै बिहानै केहि सार्वजनिक सवारी साधनमाथि तोडफोड र आगजनी गरेका छन् ।

aagjani 4

बन्दकर्ताले आज बिहानै पोखरामा एउटा माईक्रो जलाएका छन् । बन्दको दिनमा पनि चलाएको भन्दै बन्दकर्ताले बिहानै पोखराको पस्र्याङमा नगर माईक्रो जलाएका हुन् ।
ग्यारेजबाट घर लैजाने क्रममा ग १ ज २९५९ नम्बरको माईक्रोमाथि आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट माईक्रो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रहरीको तत्काल आगो नियन्त्रणमा लिएकाले थप क्षति भने नभएको बताएको छ ।

aagjani 2

यस्तै काठमाडौको बनस्थलीस्थित ढुंगेधारामा बा १ ज ८२२२ नम्बरको ट्याक्सीमा आगजनी, गुहेश्वरीमा बसमा आगजनी भएको छ भने वीर अस्पताल अगाडि एउटा मोटर साईकलमा तोडफोड भएको छ ।

aagjani 1

बन्दको कारण यातायातका साधन सहित बजार, पसल, कलकारखाना, शिक्षणसंस्था सबै ठप्प छ । बन्दको क्रममा प्रेस, एम्बुलेन्स लगायतका अत्याबश्यक सवारी मात्र चलेका छन् ।

बन्दकर्ताहरु पोखराको चोकचोकमा तैनाथ भएका छन् । बन्दमा हुने अराजक गतिबिधि नियन्त्रणको लागि सुरक्षा तैनाथी पनि बढाईएको कास्की प्रहरीले जनाएको छ । बन्दको कारण पोखरा घुम्न आएका पर्यटक बढी मारमा परेका छन् ।  तस्विर– अर्पन तिवारी

 

 

कमेन्ट गर्नुहोस्
Share: