‘आगो–२’ मा पोखरेली किसान सुनार

Share:

बिग न्युज पोखरा, १४ माघ । पोखरेली युवा किसान सुनार अभिनित फिल्म ‘आगो–२’ यतिबेला प्रदर्शन भैरहेको छ । वर्तमान राजनीतिक विषयबस्तुलाइ मुख्य कथा बनाएको फिल्ममा सुनारले गरेको अभिनयको चर्चा चारै तिर भएको हो । उनले ‘आगो–२’ बाटै रंगिन संसारमा डेब्यु गरेका हुन् ।

जनयुद्ध तथा विभिन्न आन्दोलनले देशमा गणतन्त्र ल्याएपनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको भन्ने कथा बोकेको फिल्ममा सुनारले अयोग्य लडाकुको भुमिका निर्वाह गरेका छन् । फिल्ममा उनी सुर्य नामको पात्रको भुमिकामा छन् । २०६२÷६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको तत्कालिन नेकपा–माओवादीका जनसेना समायोजनपछि फिल्मको कथा अघि बढ्छ ।

नेताहरु व्यक्तिगत स्वार्थमा भुलेपछि शरीरमा गोली रहेर अयोग्य ठहरिएका सुर्य जस्ता धेरैजनाको भविष्य अयौन्लपूर्ण बन्दा अयोग्य ठहरिएका युवाहरु एकबद्ध भएर आफ्ना नेता सुर्धान लाग्छन् । ‘फिल्म हेरेका सबैले मेरो अभिनयको राम्रै प्रशसां गर्नुभएको छ’ सुनारले भने, ‘जसले नेपाली फिल्म क्षेत्रमा लाग्न हौसल बढि रहेको छ ।’ गत शुक्रबारदेखि देशभर रिलिज भएको ‘आगो–२’ मा सुनारको साथमा सुशील क्षेत्री, गणेश गिरी, सारिका घिमिरे र प्रिया रिजालको पनि अभिनय रहेको छ ।

पहिलो फिल्म ‘आगो’ले राजनीतिक अवस्थाकै चित्रण गरेको थियो । जसले देशमा तत्कालिन माओवादीको नेतृत्वमा भएको जनयुद्धको कथा बोकेको थियो । त्यतिबेला ‘आगो’ चलेको फिल्ममा गनिन्थ्यो । ‘आगो–२’ लाइ मदन घिमिरेले निर्देशन गरेका हुन् । किसान पोखरेलले निर्माण गरेको फिल्म देशका ७१ हलमा चलिरहेको छ ।

‘जनताले परिवर्तनको अनुभुति गर्न नपाएको, बेरोजगार, गरिबी लगायतका समस्या यथावत रहेको कथा फिल्ममा छ’ नायक सुनारले भने, ‘फिल्म राम्रै बनेको छ, अहिलेको अवस्था देखाइएको छ सबैले एकपटक हेरिदिनुहोला मेरो अनुरोध छ ।’ सुगठित र आकर्षक शरीरका धनी पोखरेली युवा सुनारले ‘आगो २’ पछि ‘कैफियत’मा पनि अभिनय गरेका छन् । उनका अनुसार फिल्म केहि महिना पछि सार्वजनिक हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: