जंगल फेस्टिभल सिजन दुईको तयारी तिव्र, प्रचार आक्रामक

Share:

विग न्यूज / पोखरा, १६ माघ | फागुनको शुरुवातसँगै पोखरेलीहरुका लागि नौलो स्वादसहित ‘जंगल फेस्टिभल’को सिजन दुई शुरु हुँदैछ । आक्रामक प्रचारप्रसारमा जुटेको आयोजक संस्था ‘परिचय नेपाल’ले फेस्टिभललाई उत्कृष्ट बनाउन आन्तरिक तयारीलाई पनि तिव्र पारेको जानकारी दिएको छ ।

Jungle Festival poster

‘हरियाली सप्ताह’को थिममा आयोजना हुन लागेको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रम्न पाउने आयोजकले दाबी गरेको छ ।

बनस्पती र जनावरहरुसँग मानिसको सम्बन्धलाई पारस्परिक तथा सुमधुर बनाउने अवधारणा सहित फेस्टिभलको आयोजना गरिएको परिचयन नेपालका संस्थापक सोभित बस्यालले जानकारी दिएका छन् । फागुन १ देखि ७ गतेसम्म फेस्टिभल चल्नेछ ।

नयाँबजारस्थित शान्ति वन वाटिकामा हुने फेस्टिभलमा सम्पूर्ण कुराहरु जंगली थिममा हुनेछन् । फेस्टिभलमा दर्शकको मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती सँगै अरु विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ ।

फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । यस्तै जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गर्नेछन् । फेस्टिभलमा जंगलकै थिममा आधारित रहेर मोडलहरु ¥याम्पमा पनि हिँड्दैछन् ।

विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गर्न लागेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।

करिव एक सय वटा साना तथा ठुला स्टलहरुबाट जडिबुटीको प्रर्दशनी तथा जानकारी, घरेलु उत्पादनका वस्तुहरुको प्रदर्शनी तथा विक्री, अर्गानीक खानाका परिकार, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु ले जनचेतनामूलक सन्देश प्रवाह गर्नेछन । साथै, वनजङ्गलको वातावरण संगसंगै मनोरञ्जन गराउन सोही वातावरणको घर टहराहरुको निमार्ण पनि भैरहेको आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: