यातायात मा दुई पाङ्गेको लाईसेन्स बितरण आईतबार बाट

Share:

माधब पनेरु, पोखरा माघ १६\ पछिल्लो समय अबरुद्ध भएको सवारीचालक अनुमतिपत्र बितरण सुरु हुने भएको छ । लाईसन्स कार्यालय यातायात , पोखराका प्रमुख भिम प्रसाद तिवारीले आबेदन खुला गरिएको जनाकारी दिए ।

trial

आगामी आईतबार देखि दुईपाङ्ग्रे सवारी साधनको आबेदन फाराम खुला गरिएको छ ।

केही महिना देखि अबरुद्ध भएको दुईपाङ्ग्रे सवारी साधनको लाईसन्स बितरण सुरु भएपछि सेवाग्राहीले सेवा पाउने प्रमुख तिवारीले बताए । नयाँ सरुवा भएर कार्यालयमा आएका तिवारीले अबरुद्ध सेवा सुचारु गर्न लागि परेको बताए । बिगत लामो समय देखि रोकिएको चार पाङ्गे्र सवारी साधनको पनि माघको अन्तीम तिर बाट सुचारु हुने उनले जानकारी दिए । अब सबै संरचनाहरु र कानुनी प्रर्कयाहरु सकिएकोले नियमित रुपमा लाईसन्स बितरण हुन समस्या नहुने तिवारीको दावि छ ।

आईतबार बाट पहिलो एक हप्ता आबेदन मात्र लिने काम हून्छ । अर्को हप्ताबाट लिखित र तेस्रो हप्ताबाट ट्राईल लिईनेछ । बारका आधारमा आबेदकहरुको लिखित र ट्रायल परिक्षा लिईने ब्यबस्था गरिएको छ ।

पछिल्लो समय मन्त्रालयले लाईसन्सको लागि अलग्गै कार्यालय सूरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: