
पोखरा १६, माघ / शिक्षा सचिव विश्वप्रकास पण्डितले शिक्षालाई रोजगार मुलक बनाउनु पर्ने बताएका छन । पोखरा उपमहानगरपालीका–२५, पुम्दी–भुम्दीमा रहेको सुक्रराज उच्च माविको ४६ औं बार्षिकोत्सव समारोहको सुक्रबार उद्घाटन गर्दै सचिव पण्डितले नेपालमा कृषि क्षेत्रको अथाह सम्भावना भएकोले अबको शिक्षालाइ कृषिसंग जोडेर प्राविधिक, व्याबसायीक र रोजगार मुलक बनाउनु पर्नेमा उनले जोड दिएका हुन ।
सरकारी बिद्यालयहरुका शिक्षक तथा व्याबस्थापन समिति कमजोर भएका कारण बर्षेनी बिद्यार्थी संङख्या घट्दै गएको समयमा निजि बिद्यालयमा भने बिद्यार्थीहरुको सङख्या हरेक बर्ष बढ्दै गएको उनले जनाए । विश्वमा बढी प्रचलीत अगेंजी भाषाको माध्यमबाट अब सामुदायिक बिद्यालयहरुले समेत अबलम्बन गर्न सके सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको सङख्यामा बृद्धि हुने शिक्षा सचिव पण्डितले दाबी गरे । सामुदायिक बिद्यालयहरुको तथ्याङक हेर्दा निकै खस्कदै गएको अबस्थामा रहेको बताउदै उनले गुणस्तरीय शिक्षा दिन शिक्षक, बिद्यालय व्याबस्थाप समिति, अभिभावक सवै लाग्नु पर्ने बताए ।
शिक्षालाई अब ज्ञान मात्र नभई प्राविधिक शिक्षामा समेत जोडदिनुपर्ने उनले बताए । अघिल्लो बर्ष सुरु भएको प्राविधिक शिक्षामा देश भरीका एक सय बिद्यालयहरुमा सुरु भएकोमा आगामी बर्षमा भने २ सय ४० वटा नयाँ बिद्यालयमा रोजगारको लागि सिप र व्यावसायीक आवश्यक भएको शिक्षा सचिव पण्डितले बताए । नेपालमा बर्षेनी एक करोड पर्यटक ल्याउन सके नेपालका मुख्य शहर मात्र नभई परिपरीका गाँउ ठाँउको समेत सहज रुपमा आर्थिक विकास गराउन सकिने उनले दाबी गरे । शिक्षा ऐन सम्सोधन गर्ने तयारी भएको शिक्षा सचिव पण्डितले बताए । उनले भने “हामीले शिक्षामा कसैप्रति भेदभाव नहोस भनेर हिउदे अधिवेसनमा शिक्षा ऐन सम्सोधन गर्ने तयारी गरेका छौं ।”
क्षेत्रिय शिक्षा निर्देशक माया राईले झोले स्कुल र झोले पाराले अबको बिद्यालय संचालन हुन नसक्ने बताउदै सामुदायिक बिद्यालयहरुमा अग्रेंजी माध्यमको भाषाको पढाई समेत सुरु गर्न आग्रह गरीन । शैक्षिक जनशक्ति तालिम केन्द्रका प्रमुख खगराज बरालले सुक्रराज उच्च माविले प्राविधिक शिक्षा पशुपालन सुरु गरेर उदाहरणीय कामको सुरुवात गरेकोले यसलाई निरन्तरता दिन आग्रह गरे ।
उक्त अवसरमा बिद्यालयका संस्थापक खेमराज पौडेल, एकराज बराल, यामयाम गुरुङ, लेखनाथ बराल र पुर्व बिद्यार्थी अनिल परिवारलाई प्रंशम्सा प्रत्र प्रदान गर्दै सम्मान गरीएको छ । अनिलको पहलमा हेल्याण्ड नागरीक बेनराईज्माले बिद्यालयका १० जना छात्रछात्रालाई विगत तीन बर्ष देखि खाजा तथा बिद्यालय पोसाक प्रदान गर्दै आएका हुन।
बिद्यालयमा हाल करीब ४ सय जना छात्राछात्रा रहेकोमा नर्सरी देखि कक्षा ६ सम्म अग्रेंजी माध्यमबाट पठन पाठन सुरु भएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । उनका अनुसार पशुपालन शिक्षामा कक्षा ९ मा २४ र कक्षा १० मा २४ गरी ४८ जना अध्ययनरत छन । उनीहरुको लागि गुणस्तरीय शिक्षाको लागि होस्टेलको समेत आवश्यक भएको प्राचार्य बरालले बताए ।
बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष राम्जी बराल (जिवन) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्याबस्थापन समितिका पुर्व अध्यक्ष हिमलाल बराल, सदस्य शिवलाल बराल, नेपाली काग्रेंसका राजबहादुर गुरुङ, एमालेका मित्रलाल बराल, एमाओबादीका नवराज बराल, ओखलेडाँडा माविका विद्यालय व्याबस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङ, समाजसेवि ओम गुरुङ, शिक्षक होम प्रसाद बराल, दिपक पौडेल लगायतले शिक्षाको बारेमा चर्चा गरे ।
न्युज, फोटोः दिननाथ बराल
