४० करोड रुपैँयाको कारोबार गर्दै सकियो कृषि मेला

Share:

पोखरा, १८ माघ | पोखरामा भएको आठौँ सँस्करणका ‘प्राङगारिक कृषि मेला प्रर्दशनी’ आईतबार सकिएको छ । आयोजकका अनुसार चार दिनसम्म चलेको मेलामा ४० करोड रुपैँयाको कारोबार भएको छ । आयोजकले मेलामा ९० हजार दर्शकले प्रत्यक्ष अबलोकन गरेको दाबी गरेको छ ।

‘दिगो अभियान प्राङगारिक कृषि ,स्वास्थ्य जीवन आर्थिक सम्बृद्धि’ को नारासहित क्षेत्रीय कृषि निर्देशनालय पोखरा र कृषि ब्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजनामा पोखराको नयाँ बजार प्रदर्शनी केन्द्रमा १५ गते देखी आइतबार सम्म चार दिन चलेको मेलामा उत्साह जनक रुपमा दर्शकको सहभागीता रहेको आयोजकले बताएको छ ।

मेलामा कृषक समुहको ७१, ब्यवसायीहरुको २३, प्रवद्र्धकतर्फ २९ र सेवा प्रदायक तर्फको १५ गरि १ सय ३७ वटा स्टलहरु रहेका थिए । मेलामा २६ जिल्लाको प्रतिनिधत्व रहेको थियो भने जुम्ला, डोल्पा, कालिकोटजस्ता दुर्गम क्षेत्रबाट समेत मेलामा सहभागिता रहेको थियो ।

कृषिमा आधारित साँस्कृतिक प्रतियोगितामा माछापुच्छ«े कृषक समुह पर्वत प्रथम भयो भने शिवालय आईपिएमकृषक समुह स्याङजा र राङखानी ताजा तरकारी तथा विउ उत्पादन समुह बाग्लुङले दित्तीय र माझथुम कृषि सहकारी सस्था लिमिटेड कास्कीले तृतीय स्थान हासिल गरेका छन् । विजयी समुह हरुले क्रमश ६ हजार ,५ हजार ,३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

मेलामा राष्ट्रिय लोकदोहोरी गायकगायिकाहरुले पनि प्रस्तुती दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: