
बेइजिङ, माघ २० – चीनले तिब्बतका निर्वासित आध्यात्मिक गुरु दलाई लामा र अमेरिकी राष्ट्रपति बराक ओबामाको भेटप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले यसपटक एक कदम अगाडि बढेर ओबामालाई दलाई लामाबाट टाढै बस्न चेतावनी दिएको छ । ओबामा र दलाई लामाको आउँदो ५ फेब्रुअरीको लागि तय भएको छ ।
पहिले पनि दलाई लामासँग भेटिसकेका छन् ओबामाः
पछिल्लो वर्ष पनि फेब्रुअरीमा ओबामाले तिब्बती धर्मगुरुसँग भेटघाट गरिसकेका छन् । यसका साथसाथै सन् २०१० मा पनि ओबामाले दलाई लामासँग भेट गरिसकेका छन् । गत वर्ष चीनले अमेरिकालाई दलाई लामासँग नभेट्नको लागि अनुरोध गरेको थियो ।
कमेन्ट गर्नुहोस्
