
पोखरा, २३ माघ। मनाङमस्र्याङ क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लवलाई ७ –० को बिशाल गोल अन्तरले हराउदै मनाङ अन्तिम आठमा प्रबेश गरेको हो ।
मनाङलाई जिताउन बिशाल राई र सुजल श्रेष्ठले दुई÷दुई तथा शुसिल केसी, कृष्ण कुवर र शिब श्रेष्ठले एक गोलको योगदान दिए । खेलको नवौ मिनेटमा शिब श्रेष्ठको गोलबाट अग्रता लिएको मनाङले एक पछि अर्को गोल गर्दै पहिलो हाफमै ४–० को अग्रता कायम गरेको थियो ।
३१ र ३९ औं मिनेटमा बिशाल राईले गोल गरे भने ३८ र ८८ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । शुसिल केसीले ४८ औं तथा कृष्ण कुवरले ९० औं मिनेटमा गोल गरी १३ औं आहा रारा गोल्डकपकै पहिलो बिशाल गोल अन्तरको जित निकाले ।
अनुभबि खेलाडि सम्मिलित मनाङले पाहुना टोलीलाई कुनै अबसर सिर्जना गर्ने मौका नै दिएन । खेलको अधिकांश समय मनाङका खेलाडिहरु हावी भएका थिए । जितपछि मनाङका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडिहरुको प्रदर्शन प्रसंसनिय रहेको बताए । बिपक्षी टिमको खराब प्रदर्शनको फाईदा उठाउन सफल भएको उनले बताए ।
कञ्चङजंघा भारतका प्रशिक्षक दिनकर क्षेत्रीले ए डिभिजन खेल्ने ५ खेलाडि आउन नपाएकाले प्रदर्शन राम्रो हुन नसकेको प्रतिक्रिया दिए । आजको बिजेता मनाङले माघ २८ गते क्वाटरफाईनलमा बिभागिय टिम आर्मीसंग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो क्वाटरफाईनल खेल नेपाल पुलिस क्लब र नवजनजागृति क्लब सिमराको बिचमा हुनेछ । सहारा क्लबको आयोजनामा जारी प्रतियोगिता फागुन २१ गतेसम्म चल्नेछ ।
