
पोखरा, २४ माघ । पत्रकार सुरेन्द्र पौडेल पृथ्वी राजमार्ग बस सञ्चालक समितिबाट सम्मानित भएका छन् । यातायात क्षेत्रको समस्या र सम्भावनाका क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै ४३औं वार्षिकोत्सवको अवसर पारेर समितिले शनिबार पौडेललाई सम्मान गरेको हो ।
दशहजार रुपैयाँ नगद र प्रमाणपत्र सहित समितिले पौडेललाई सम्मान गरेको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष दिनेश भण्डारीले पौडेललाई सम्मान गरे । समितिले यो वर्षदेखि वर्षेनी एकजना पोखरेली पत्रकारलाई सम्मान गर्ने भएको छ । यातायात क्षेत्रमा कलम चलाउने एकजना उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने समितिले बताएको छ ।
सम्मानित भएका पत्रकार पौडेल पोखराबाट प्रकाशित हुने समाधान दैनिक र राजधानीबाट प्रकाशित हुने आर्थिक अभियान दैनिकमा आवद्ध छन् । एबिसि टिभीका पोखरा संवाददाता समेत रहेका उनी अटो पत्रकार संघ कास्कीका संयोजक पनि हुन् । पत्रकार पौडेल आर्थिक पत्रकारिताको क्षेत्रमा विशेष दख्खल राख्छन् ।
पत्रकार पौडेलले यो सम्मान पाएपछि यातायात क्षेत्रमा कलम चलाउन अझै उत्साह बढेको बताए । उनले आगामी दिनमा पनि यातायात क्षेत्रको समस्या र कदमबारे सधै कलम चलाउले बताए ।
