पोखराको क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने मुख्य सचिव पौडेल

Share:

पोखरा ,२६ माघ/नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले पोखराको क्रिकेट मैदान निर्माणमा सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरामा निर्माण हुँदै गरेको क्रिकेट मैदानको अवलोकन पछि पौडेलले पोखरामा क्रिकेट मैनान निमार्णका लागी आवश्यक पर्ने सबै सहयोग गर्ने बताएका हुन् ।

मुख्य सचिव पौडेलले पोखराको क्रिकेट मैदानलाई विश्वकै खेल भेनु बनाउने पोखरेलीको सोचमा नेपाल सरकार सकारात्मक रहेको बताए । उनले मैदान निर्माणका वारेमा आवश्यक प्रस्ताव ल्याएमा सरकार त्यसका लागी आवश्यक वजेट विनीयोजन गर्न समेत सकारात्मक रहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटाले क्रिकेट मैदानको बृहत विकासका लागी तयार पारीएको योजनाका बारेमा जानकारी गराएका थिए । उनले राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समितीले करिव दुइसय भन्दा बढी दर्शक क्षमता रहेको दर्शक प्यारापिट १५ लाखको लागतमा निर्माण गर्न लागेको समेत जानकारी दिएका थिए ।

प्याराफिट २० मिटर लम्वाईको रहने र असार मसान्त सम्म सम्पन्न भइसक्ने समेत उनले बताए । अवलोकनका अवसरमा हालै गठन भएको अन्तराष्टिय क्रिकेट मैदान निर्माण समितीका संयोजक अशोक पालिखे ,जिल्ला खेलकुद विकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बराल ,सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य , क्षेत्रिय खेलकुद विकास समितिका कोषाध्यक्ष रतन गुरुङ, क्रिकेट संघ कास्कीका प्रतिनिधी जानकारी दिएका थिए ।

८० रोपनि क्षेत्रफलमा निर्माण भइरहेको मैदानमा हाल ५ ओटा पिच निर्माण भइरहेको छ भने दर्शकहरुको अवलोकनका लागि सहज होस भनेर प्यारापिट निर्माण गर्ने तयारी भइरहेको छ भने हेम्जा र लेखनाथमा समेत बैकल्पिक क्रिकेट मैदान निर्माणका लागि जग्गा अवलोकन समेत भइरहेको समितिका संयोजक अशोक पालिखेले बताए ।

कमेन्ट गर्नुहोस्
Share: