कास्की क्षेत्र नं. ३ विकास कार्यक्रम र छनौट योजना सार्वजनिक, पारदर्शी ढंगले समयमै सम्पन्न गर्न सभासद् अधिकारीको सुझाव

Share:

रञ्जन अधिकारी पोखरा, ४ फागुन /संसदीय विकास समितिका सभापति तथा नेकपा एमालेका कास्की क्षेत्र नम्बर ३ वाट निर्वाचित सभासद् रविन्द्र अधिकारीले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रम र पुर्वाधार विकास कार्यक्रममा छनोट गरिएका योजनाहरु सार्वजनिक गरेका छन् ।

सोमबार पोखरामा पत्रकार सम्मेलन गरी सभासद् अधिकारीले छनोट भएका योजना सार्वजनिक गरेका हुन् । एक करोड बजेट रहेको निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रममा १० वटा योजना छनोट गरिएको अधिकारीले जानकारी दिए ।

छनोट गरिएको योजनामा ७ लाखदेखि १२ लाख सम्म बजेट विनियोजन गरिएको छ । अधिकारीका अनुसार जचेतना उच्च माविको पोखरा २३ को भवन निर्माणको लागि ९ लाख, जानकी मावि पोखरा १६ भवन निर्माणमा ९ लाख, खाउनेपानी खानेपानी योजना लेखनाथ १६ खानेपानी विस्तारमा १२ लाख, चैनपुर देउराली ग्रामीण सडक लेखनाथ १६ र १८ को लागि ८ लाख, फुस्रेखोला—भाल्डाँडा—धुँवारकोट ग्रामाणी सडक निर्माणको लागि १२ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी मितेरी पुल र्मित सुधार आयोजना पोखरा १७ लाई ७ लाख, आपु—कसेरी—तिलबारी—उपल्लो पुँडी भक्रेक ट्राक खोल्न, १० लाख, भविष्य निर्माण मावि पोखरा २४ भवन निर्माणमा ९ लाख, बेलधारी बहुउद्देश्यीय भवन निर्माण खानेपानी योजना संचालनमा १२ लाख र राममन्दिर आश्रम निर्माण पोखरालाई १०लाख ५० हजार रक विनियोजन गरिएको अधिकारीले जानकारी दिए । पुर्वाधार बिकास कार्यक्रमले क्षेत्रको भौतिक विकास तथा मानवीय संशाधन क्षेत्रको विकासमा महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

यसैगर निर्वाचन क्षेत्र विकास कार्यक्रमको संसोधित निर्देशिका अनुरुप विकास कार्यक्रमहरु छनोट गरिएको र त्यसमा १७ वटा योजनालाई रकम विनियोजन गरिएको छ। निर्वाच क्षेत्र बिकास कार्यक्रमका लागि छुट्टएिको १५ लाख मध्ये बुढा निलकण्ड मदिर संरक्षण समिति पोखरा ४ लाई १ लाख, धवमलमार्ग कल्र्भट निर्माण समिति ९० हजार, तालबाराही उच्च माविलाई फर्निचर खरिदको लागि १ लाख, विश्राम स्थल निर्माण पोखरा ७ लाई १ लाख ५० हजार, संगम मार्ग बिकास समिति पोखरा ८ सडक निर्माण तथा सोलार बत्ति जडानमा १ लाख, चण्डिका आमा समुह पोखरा ८ फर्निचर खरिद १ लाख, सामुदाियक भवन दामोदर कुना मोटर बाटो १ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, पुन मगर समाज भवन लेनपा १६ लाई १ लाख, आदर्श आमा समुह भवन लेनपा १६ लाई ७५ हजार, दुर्वादी खानेपानी लिफ्टिङ खानेपानीलाई १ लाख, खोरथापे वरपोखरी पर्यटन मार्ग पोखरा २३ लाई ८० हजार, बृहत खानेपानी ट्याङकी निर्माण पोखरा २४ मा १ लाख १० हजार क्रिया पुत्री भवन निर्माण पोखरा ५ मा २५ हजार, जलदेवी मन्दिर संरक्षण पार्क निर्माण समितिमा ४० हजार, पोखरा नगर स्तरीय बाल संरक्षण सम्तििलाई ४० हजार, आदर्श चेतनशील आमा समुह लेनपा १८ पर्खाल निर्माणको लागि १ लाख ५ हजार मासवार आमासमुह पर्खाल निर्माण ५० हजार र निर्वाचन क्षेत्र कार्यालय प्रशासनिक खर्च ७५ हजार बजेट विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।

पुर्वाधार कार्यक्रममा सभासद बृन्दा रानामगरको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ । नेकपा एमाले क्षेत्र नम्बर तीनका अध्यक्ष धनबहादर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सभासद् अधिकारीले योजना प्रभावकारी ढंगले सम्पन्न हुनुपर्नेमा जोड दिँदै अनियमितता भएको खण्डमा जवाफदेहिता पनि उनीहरुले नै व्यहोर्नुपर्ने चेतावनी दिए । उनले पारदर्शी ढंगले समयभित्रै योजना सम्पन्न भईसक्नुपर्ने र आफूले निगरानी गरिरहने बताउँदै जनतासँग प्रत्यक्ष जोडिएको यी योजना गुणस्तरीय र प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन् ।

कास्कीका अन्य क्षेत्रको पुर्वाधार कार्यक्रम र क्षेत्र विकास कार्यक्रम योजना छनोट गरी सार्वजनिक गरिएको छैन ।

क्याप्सनः
कास्की क्षेत्र नं. ३ निर्वाचन क्षेत्र विकास कार्यक्रम र पुर्वाधार विकास कार्यक्रममा छनोट गरिएका योजनाहरु सार्वजनिक गर्दै सभासद् रविन्द्र अधिकारी
तस्विरः रञ्जन अधिकारी÷आदर्श समाज

 

कमेन्ट गर्नुहोस्
Share: