
पोखरा, फाल्गुन ९ । पोखरामा जारी चौंथो अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब उत्तर प्रदेश भारतलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसले शनिबार उत्तर प्रदेशलाई २५–१५, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
यसैगरी, पोखरामै जारी २९औं राष्ट्रिय पुरुष भलिबलमा नेपाल पुलिस, सशस्त्र प्रहरी, सुदूरपश्चिमान्चल र पश्मिान्चल विजयी भएका छन् ।
पुलिसले मध्यपश्चिमान्चललाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनमा ठाउँ बनाएको छ । अर्को खेलमा सशस्त्रले त्रिभुवन आर्मी क्लबलाई पनि सोझो सेटमा पराजित गर्यो ।
त्यसैगरी, सुदूरपश्चिमान्चलले पूर्वान्चललाई तथा पश्चिमान्चलले मध्यमान्चललाई निराश पार्यो ।
कमेन्ट गर्नुहोस्
