
पोखरा १२ फागुन । उत्कृष्ठ स्पाईक, हेर्न लायक ब्लक र चुस्त डिफेन्डिङ गर्दै आएको शसस्त्र प्रहरी बलले चौथो आमन्त्रित अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गर्दा आयोजक पश्चिमाञ्चल भलिबलले भने तेस्रो स्थानमा चित्त बुझाउँदै सान्त्वना लियो ।
भलिबलमा देखिएको दर्शकको ग्ल्यामरको उर्जालाई एपीएफले न्यु डायमण्डलाई चौथो सेट खेल्दै उपाधि उचाल्यो । एपिएफले न्यु–डाईमण्डलाई २५–१६, २२–२५, २८–२६ र २५–२० को सेटमा पराजित गर्दै उपाधि सहित नगद ५० हजार प्राप्त ग¥यो । उपविजेता न्यु डायमण्डले नगद ३० हजार, मेडल र ट्रफीमा रमायो । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भईन । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् ।
तेश्रो स्थानको लागि भएको प्रतिष्प्रर्धामा पश्चिमाञ्चलले नेपाल पुलिसलाई २५–२३, १३–२५, २०–२५, २५–१९ र १५–१३ को कडा प्रतिष्प्रर्धामा जित हासिल गरी पश्चिमाञ्चलको इज्जत धानिन पुग्यो । खेलमा पश्चिमाञ्चलकी परिक्षा गुरुङ वुमेन अफ दी म्याच घोषित भईन । राजधानीमा हालै सम्पन्न भएको ढोरपाटन कपमा एपिएफ विजेता, न्यु–डाईमण्ड उपविजेता र पुलिस तेश्रो भएको थियो ।
नेपाल भलिवल संघका कोषाध्यक्ष निरज मास्केले न्यु डाईमण्डका खेलाडी प्रतिभा मालीलाई प्रोत्साहन स्वरुप १० हजार सहयोग गरे भने पश्चिमाञ्चल टिमलाई नगद १५ हजार सहयोग गरे । प्रतियोगितामा उत्कृष्ट सरवरमा न्यु–डाईमण्डकी कृपा अधिकारी, उत्कृष्ट सेटरमा एपिएफकी विनिता बुढाथोकी, उत्कृष्ट ब्लकरमा पश्चिमाञ्चलकी पवित्रा विसि, उत्कृष्ट लिब्रोमा न्यु–डाईमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट स्पाइकमा न्यु–डाईमण्डकी प्रतिभा माली घोषित भईन । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।
दर्शक सायद फुटबलको सेमिफाईनलमा देखिएका दर्शक भन्दा बढी दर्शकले पोखरा रंगशालाभित्रको भलिबल कोर्टमा निर्मित अस्थायी प्यारापिटमा बसेर महिलाहरुको तेस्रो र उपाधि भिडन्त नियाल्न पाँचहजार दर्शक पुगेको आयोजकले दावी गरेको छ । दक्षिण एसियाली भलिवल खेलमा दोश्रो भएको नेपाली टिमलाई पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघले सम्मान गरेको छ । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेशकुमार थपलिया, क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापा, संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ लगायतले नेपाली टिमका कप्तान विनिता बुढाथोकी सहितका खेलाडीहरुको टिमलाई सम्मान पत्रको साथमा फुलमालाले सम्मान गरेका हुन ।
पोखरामा जारी २९ औं राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधिको लागि बुधबार फाईनल खेलमा दुई विभागिय टोली नेपाल पुलिस बिरुद्ध एपिएफलको प्रतिष्प्रर्धा हुने भएको छ । मंगलबार भएको खेलमा जित हासिल गरेका दुबै टोलीले फाईनलमा यात्रा तय गरेका हुन । विभागिय टोली नेपाल पुलिस क्लवले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गरी फाईनलमा यात्रा बनाएको हो । पुलिसले आर्मीलाई २५–२१, २५–२३, २०–२५ र २६–२४ को सेटमा पराजित गरी फाईनलमा यात्रा बनाएको हो । खेलमा पुलिसका संजय अर्याल म्यान अफ दी म्याच घोषित भए । एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गरी फाईनलमा यात्रा बनाएको हो । खेलमा एपिएफका डाईमण्ड बहादुर श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । दूई सय रुपैया प्रबेस टिकट शुल्कः तिरेर दर्शकहरुले भलिवल खेल हेरेका हुन ।
