
फाल्गुन १८ काठमाडौं : कोरियन मोबाइल कम्पनी सामसुङले बार्सिलोनामा मोबाइल वर्ल्ड कांग्रेस शुरु हुनुभन्दा अगाडि गएराति ग्यालेक्सी सिरिजका दुर्इ नयाँ भर्सन ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स इज लन्च गरेको छ ।
यी फोनका फिचर्सको कुरा गर्दा दुबै फोनमा ५.१ इन्चको एचडी (२४६०x१४४० पिक्सेल) सुपर एमोल्ड डिसप्ले छ । एस सिक्स इजमा दायाँ र बायाँ कर्ब डिस्प्ले राखिएको छ । लन्च गरिएकामध्ये ग्यालेक्सी एस सिक्स इजको स्क्रिन किनारामा केही मोडिएको छ । दुबै फोनमा ६४ बिट २.१ जिएचजेड एक्सेनोस अक्टा कोर प्रोसेसर राखिएको छ । जुन एन्ड्रोइड ५.०.२. ललिपपमा आधारित छ । दुबै फोनमा सामसुङकै टचविज यूआई राखिएको छ । जसलार्इ गुगलले बनाएको डिजाइनको साथ रिफाइन गरिएको छ ।
सामसुङका अनुसार यी फोन १० मिनेट चार्ज गर्दा चार घण्टासम्म चलाउन सकिन्छ । आर्इ फोनको तुलनामा आधा समयमा यी फोन चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ । ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स इजमा ३ जिबी र्याम, ३२, ६४ र १२८ जिबी स्टोरेज क्षमता छ । यी दुबै फोनमा फोर जी एलटिइ सपोर्ट गर्ने सुविधा छ । ग्यालेक्सी एस सिक्समा २५५० एमएजको ब्याट्री रहेको छ ।
त्यस्तै सामसुङ ग्यालेक्सी एस सिक्स इजमा २६०० एमएएचको ब्याट्री छ । जसमा वायर्लेस चार्जिङ सुविधा पनि राखिएको छ । यो क्यामेराले एक सेकेन्ड भन्दा पनि कम समयमा फोटो खिच्न सक्ने क्षमता राख्छ । यो स्मार्ट फोनको क्यामेराले इन्डोरको कम भन्दा कम उज्यालो भएको स्थानको फोटो पनि खिच्न सक्ने क्षमता राख्छ ।
जसमा एस ९.१ को ठूलो लेन्स राखिएको छ । कम्पनीले दुबै फोनमा ‘क्विक लन्च’ फिचर पनि राखेको जनाएको छ । जसमा होम बटममा दुर्इ बार ट्याप गरेपछि क्यामेरा ०.७ सेकेन्डमा खुलिसक्ने छ । कम्पनीका अनुसार यी स्मार्ट फोनबाट छानिएका नम्बरमा तुरुन्त सम्पर्क गर्न र आवश्क जानकारीका लागि एलर्ट राख्न सक्ने सुविधा छ ।
यसका साथै ग्यालेक्सी एस सिक्स भन्दा ग्यालेक्सी एस सिक्स इजको मूल्य पनि धेरै छ। यी स्मार्ट फोनमा मोडिएको स्क्रिन रहेको छ । एस फाइभभन्दा उत्कृष्ट स्क्रिन ग्यालेक्सी एस सिक्स इजमा रहेको छ । मोडिएको स्क्रिनले यो स्मार्ट फोनलार्इ अन्य फोनको तुलामा फरक देखाउनेछ ।
यी स्मार्ट फोनमा पुरानो भर्सनमा प्रयोग प्लास्टिक फ्रेमको सट्टा धातुको फ्रेम प्रयोग गरिएको छ । धातुको फ्रेम र ग्लास ब्याकले यो फोन मोडिन्न भने थप बलियोसमेत बनाएको छ ।
सामसु ग्यालेक्सी एस सिक्समा ६४ बिट प्रोसेसर छ । जसका कारण यसले धेरैभन्दा धेरै विद्युत बचत गर्न सक्छ । ५७७ पिक्सेल्स प्रतिइन्च स्क्रिन रिजोल्युसन यी फोनमा रहेको छ । रिजोल्युसन बढाइपछि यी फोन एस फाइको तुलनामा २० गुणा बढी चमकदार हुनेछन् ।
यी फोनलार्इ उल्टो पारेर राख्दा ग्यालेक्सी एस ६ इजको स्क्रिनले रंगीबिरंगी उज्यालो दिनेछ । तपार्इँले कुनै एक नम्बरलार्इ विशेष रंग दिनुभएमा त्यसले तपार्इंलार्इ कसले फोन गरेको भन्ने कुरा थाहा हुनेछ । साथै एस फाइभको तुलनामा यसको टच स्क्रिन धेरै राम्रो रहेको छ
यी फोनको स्क्रिनमै समय र मौसमका ताजा अवस्थाबारे खबर पाउन सकिनेछ । सामसुङमा फिचर (स्मार्ट वालेट सर्भिस) लार्इ किन्नका लागि क्रेडिट र डेबिट कार्डजस्तै यसलार्इ पनि प्रयोग गर्न सकिनेछ ।
ग्यालेक्सी एस सिक्स व्हाईट पर्ल, ब्ल्याक सफाएर, गोल्ड प्ल्याटिनम, ब्लु टोपाजमा उपलब्ध हुनेछ । त्यस्तै ग्यालेक्सी एस सिक्स इज ग्रिन एम्रल्ड रंगको पाइनेछ । यी दुबै स्मार्ट फोन पहिलो चरणमा १० अप्रिलबाट विश्वका २० वटा देशमा विक्रिका लागि राखिने भएको छ ।
मोबाइल फोन विशेषज्ञका अनुसार यो फोनमा केही कमजोरी पनि छन् । यी दुबै फोन वाटर प्रुफ छैनन् । यी फोनमा मेमोरी कार्डको प्रयोग गर्न सकिन्न । साथै ब्याट्री परिवर्तन गर्न यी फोनको पछिल्लो भागलार्इ निकाल्न सकिन्न ।
– ज्ञानेन्द्र खड्का | एजेन्सीको सहयोगमा
