
भुपाल गूरुङ पोखरा १९ फागुन / केहि समय अघि पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त थियो । सवारी साधान पार्किङ्ग देखि फुटपाथ पसलेहरु मनपरी खुलेआम सडकमा देखिन्थे । तर यतिबेला पोखराको ट्राफिक व्यवस्थापन फेरिएको छ । गत पौष अन्तिम साता ट्राफिक कार्यालय कास्की प्रमुखका रुपमा प्रहरी निरिक्षक श्यामु आर्यालय आए लगत्तै पोखराको ट्राफिक व्यवस्थापनमा सुधार देखिएको छ ।
केहि समय अघि सरुवा भएर क्षेत्रिय प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रंकज श्रेष्ठले पोखराको ट्राफिक व्यवस्थापन सुधार गर्न निर्देशन लगत्तै जिल्ला ट्राफिक कार्यालय कास्कीले विभिन्न अभियान थालेको थियो । डिआइजी श्रेष्ठको निर्देशन अनुसार ट्राफिक कार्यालय कास्कीले अभियान थाले लगत्तै सफलता पनि हात पर्दै गएको छ । मुख्य सडकहरुमा जेव्राक्रस, लाइनिङ, रोड डिभाइडर, ट्राफिक संकेत राखेर छोटो समयमा ट्राफिक व्यवस्थापनमा सुधार ल्याएको छ । लामो समय देखि ट्राफिक व्यवस्थापन हुन नसकेको सुधार हुन नसकेको पोखराको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन काम गरेका प्रहरी निरीक्षक श्यामु अर्याल । कार्यसम्पादनमा निक्कै पोख्त अर्यालले पछिल्लो क्रममा पर्यटकिय नगरी लेकसाइडलाई हर्न निषेधित क्षेत्र बनाउने अभियानमा लागेका छन् ।
पर्यटकिय राजधानी पोखराको प्रमुख केन्द्र लेकसाइडलाई हर्न रहित बनाउन जिल्ला ट्राफिक कार्यालय कास्कीले विभिन्न प्रचारात्मक क्रियाकलापहरु गरेको छ । उक्त क्षेत्रमा चर्को हर्न रोक्न ट्राफिक कास्कीले विभिन्न संघसंस्था संग समन्वय गरि ट्राफिक सचेतना सम्बन्धि पर्चपम्ल्पेट, होडिङ्गबोर्ड, ट्राफिक संकेत लगायत राखिएको जिल्ला ट्राफिक कास्की प्रमुख अर्यालले जानकारी दिए । लेकसाइड क्षेत्रलाई हर्न मुक्त बनाउनका निमिक्त ट्राफिक प्रहरीले विभिन्न संघसंस्था संग समन्वय गरि विभिन्न ठाँउमा ट्राफिक संकेतिक होडिङबोर्ड राख्ने कार्य जारी रहेको जिकिर गरे । उनले लेकसाइड क्षेत्रमा यातायातका चर्को हर्नले ध्वानी प्रदुषण बढाएको भन्दै यसलाई रोक्न अभियान नै चालिएको बताए ।
त्यसैगरि हर्न निषेधित क्षेत्र बनाउनका लागि जिल्ला ट्राफिक कास्कीले सबैमा अनुरोध समेत गरेको छ । सार्वजानिक रुपमा पर्चपम्ल्पेट वितारण गर्दै लेकसाइड क्षेत्रमा हर्न प्रयोग नगर्न सबैमा सुशोचित गराएको प्रहरी निरिक्षक समेत रहेका आर्यालको दावी छ । कास्की ट्राफिक कार्यालय द्धारा जारी गरिएको पर्चपम्ल्पेटमा लेकसाइड क्षेत्रमा मालवालक सवारी साधानलाई कार्यालय अवतजवत समयमा प्रवेश निषेध, सवारी गति ३० किमी प्रतिघण्टा, पार्किङ संकेत घेरा भित्र मात्र पार्किङ्ग गर्नुपर्ने जनाएको छ । साथै लेकसाइड क्षेत्र भित्र विभिन्न स्थानमा हर्न निषेधित संकेतिक होडिङबार्ड समेत राखिएको छ । ट्राफिक प्रहरी कास्कीले एक साता अघि लामो समय देखि अलपत्र रुपमा कार्यालयमा थन्किएका करिव ६० मोटरसइकल तथा स्कुटर क्षेत्रिय ट्राफिक कार्यालय बुटवल पठाएको थियो ।
