भारतलाई कडा चुनौती दिने नेपालको दाबी

286
0
Share:

काठमाडौ, २७ फागुन / पछिल्लो ३० वर्षमा नेपाल र भारतले १५ पटक फुटबलको मैदानमा प्रतिस्पर्धा गरिसकेका छन् । नेपाल र भारतबीच सन् १९८५ को ढाका साग खेलकुदमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । मैदानमा खेल प्रतिस्पर्धात्मक हुने भएपनि खेलमा सधैं नेपालमाथी भारत हाबी हुने गर्छ । १५ भिडन्तमा भारतले ११ पटक खेल आफ्नो पक्षमा पर्दा नेपालले २ पटक मात्र जित्न सफल भएको छ ।

यस्तैमा, नेपाल र भातरबीच बिहिबार भारतको गोवाहिटीस्थित इन्दिरा गान्धि एथलेटिक रंगशालामा प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीच सन् २०१८ मा रसियामा हुने विश्वकप र एसिया कपको पहिलो चरणको छनोट खेलमा प्रतिस्पर्धा हुन लागेको हो । नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफोनोस्कीले अहिले पनि पछिल्लो साफ फुटबलमा भारतबिरुद्ध हात पारेको २–१ को फेसम जीत सम्झन्छन् । बुधबार भएको प्री–म्याच कन्फरेन्स् पनि उनले साफ च्याम्पियन्सीपम हात पारेको उक्त जीत आफ्नो कार्यकालको सबैभन्दा ठुलो नजिता भएको बताए । उनले फेरि पनि भारतबिरुद्ध त्यस्तै जीतको अपेक्षा गरिएको बताए ।

‘हामीले भारतबिरुद्धको खेलको लागि पछिल्लो तीन हप्ता कडा अभ्यास गरेका छौ, खेलाडीहरु आत्मविश्वासी बन्दै गएका छन् , मलाई नेपाल र भारत उस्तै श्रेणीका टोली हुन् जस्तो लाग्छ । ’ स्टेफोनोस्कीले भने, ‘ टीमका युवा स्ट्राइकरको खेल्ने वा नेखेल्ने बिहिबार नै तय हुनेछ । ’

यता नेपाली टिमका कप्तान सागर थापाले पनि मानशिक र शारीरिक रुपमा खेलको लागि तयार भएको बताएका छन् । ‘भारतमा यो सिजन फुटबलको राम्रो लिग सञ्चालन भयो, त्यसैले उनीहरु हामीसँगको खेलको लागि बढि दबाबमा छन् । ’ थापाले भने , ‘हामीले भारतबिरुद्ध केहि जीत निकालेका छौ, भोलि पनि हामी जीतको लागि खेल्नेछौ । ’ भारतीय फुटबल टोलीका प्रशिक्षक स्टेफिन कस्ट्याटाइनले नेपालबिरुद्धको खेलमा उच्च मनोबल भएको बताउँदै अघिल्लो चरणमा पुग्न जीतको लागि खेल्ने बताए ।

यसअघि नेपाली टिमका प्रशिक्षक ज्याक स्टेफोनोस्कीले छनोट खेलको लागि २४ सदस्यीय नेपाली फुटबल टोली घोषणा गरेका थिए । नेपाली टिमको गोलकिपरमा किरण चेमजोङ, विकेश कुथु र रितेश थापा छन् । यस्तै डिफेन्डरमा कप्तान सागर थापा, सन्दीप राई, रोहित चन्द, रबिन श्रेष्ठ, विराज महर्जन, रन्जित धिमाल, दिनेश राजवंशी र अनन्त तामाङ छन् ।

मिडफिल्डरमा राजु तामाङ, भोला सिलवाल, शिव श्रेष्ठ, विक्रम लामा, विशाल राई र हेमन गुरुङ छन् । यस्तै फरवार्डमा अनिल गुरुङ, भरत खवास, सन्तोष साहुखल, जुमनु राई, विमल घर्तीमगर र अन्जन विष्ट छन् । टिममा, वीमल, अन्जन, अनन्त र दिनेश यू–१७ टिमका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: