यामाहा मिस नेवा साँस्कृतिक अध्ययनका लागि बनेपामा

Share:

पोखरा, २७ फागुन / नेवा खलः कास्कीको आयोजना तथा एम ए डब्लु इन्टरप्राइजेजको मुख्य प्रायोजनमा हुने यामाहा मिस नेवाः पोखरा ११३५ का प्रतिस्पर्धी १७ जना नेवारी समुदायका युवतीहरु नेवारी संस्कृतिको अध्ययन भ्रमणका लागि बनेपा तथा पनौतीको प्राचिन धरोहरको अवलोकनका लागि त्यस तर्फ लागेका छन् । बुधबार बनेपा पुगेको टोलीलाई काभे्र उद्योग बाण्ज्यि संघले स्वागत गरेको छ । संघको ब्यवस्थापनमा भएको कार्यक्रममा संस्कृतिविद ज्ञानकाजी मानन्धरले बनेपाको पुरातत्व, चण्डेश्वरी तथा ऐतिहासिक महत्वका बारेमा सहभागी प्रतिस्पर्धीहरुलाई जानकारी गराएका थिए ।

प्रतिस्पर्धीहरुले कार्यक्रममा बनेपामा रहेका नेवार बस्तीको इतिहासका बारेमा जिज्ञासा राखेका थिए । सो अवसरमा काभे्र उद्योग बाणिज्य संघको तर्फबाट लोपोन्मुख मञ्जुश्री नाच प्रदर्शन गरिएको थियो भने बनेपा वाँख्य दाख्वा भजन खलको तर्फ बाट राजारानी नाच, मञ्जुश्री नाच देखाइएको थियो । भजन खलले धिमे बाजा मार्फत सहभागीहरुलाई नेवारी संगीतको परिचय दिएका थिए । सहभागी प्रतिस्पर्धीहरुको तर्फबाट रिक्का मर्सानी र श्रीया बुद्धाचार्यले कुमारी नाच तथा सुलोचना शाक्यले मञ्जुश्री नाच नाचेका थिए । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका कोषाध्यक्ष बसन्त भोछिभोय, कृष्णगोपाल भैल, मिस नेवा पोखराका संयोजक बिक्रम उदास लगायतले बोलेका थिए ।

दुई दिने साँस्कृतिक भ्रमणका लागि बनेपा पुगेका यामाहा मिस नेवा पोखरा ११३५ का सहभागिहरुले बिहिबार चण्डेश्वरी मन्दिरको अवलोकन गरि पनौती प्रस्थान गर्ने छन् । त्यहाँ उनीहरुले पनौतीको ऐतिहासिक धरोहर, बास्तु तथा संग्राहलयको अध्ययन गरि बिहिबार पोखरा फर्कने कार्यक्रम रहेको संयोजक उदासले जनाएका छन् ।

चैत्र ७ गते पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुने प्रतियोगितामा पोखरा र आसपासका १७ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्दैछन् । जसमा पोखरा तेर्सापट्टीका कृपा कतिला, पुष्पा श्रेष्ठ, मालेपाटन, मन्जु ताम्राकार नदिपुर, श्रीया श्रेष्ठ बगालेटोल, रिक्का मर्सानी न्युरोड, सुस्मिता प्रधान नदिपुर, स्वस्तिका श्रेष्ठ नदिपुर, कञ्चन श्रेष्ठ तनहुँ दुलेगौंडा, निलिमा श्रेष्ठ लामाचौर, आशा श्रेष्ठ खाल्टेमसिना, सारा बजिमय भिमसेनटोल, सगुन जोशी पृथ्बीचोक, श्रीया बुद्धाचार्य मोहोरिया टोल, सुलोचना शाक्य अर्चलबोट, नविना श्रेष्ठ तनहुँ दुलेगौंडा, बिभुषा नकर्मी औद्योगिक क्षेत्र, र प्रिंयका जोजिजु फुलबारी रहेका छन् ।
मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको प्रचारप्रसार संयोजक सन्जय मल्लले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: