न्युजिल्यान्डद्वारा बंगलादेश ३ विकेटले पराजित

339
0
Share:

२९ फागुन, हामिल्टन / न्युजिल्यान्डले विश्वकप क्रिकेटमा आफ्नो अपराजित यात्रा जारी राख्दै बंगलादेशलाई ३ विकेटले पाखा लगाएको छ। २८९ रनको लक्ष्य पछ्‌याएको न्युजिल्यान्डले ७ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

न्युजिल्यान्डद्वारा बंगलादेश ३ विकेटले पराजित
न्युजिल्यान्डका लागि एमजे गुप्तेलले १०५ रनको योगदान दिए।

महमुदल्लाह चम्किएपछि बंगलादेशले न्युजिल्यान्ड समक्ष २८८ रनको स्कोर बनाउन सकेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाउँदै सो स्कोर बनाएको थियो। महमुदल्लाहले १ सय २३ बलमा १२ चौका र ३ छक्कासहित अविजित १ सय २८ रन बनाए।

त्यस्तै सौम्या सरकारले ५१ र सब्बिर रहमानले ४० रन बनाए।

न्युजिल्यान्डका ट्रेन्ट बल्ट, कोरी एन्डर्सन र ग्रान्ट इलिअटले समान २ विकेट लिए।

कमेन्ट गर्नुहोस्
Share: