पाकिस्तानमा चर्चनजिकै विस्फोट, १४ जनाको मृत्यु

Share:

लाहोर, चैत १ / पाकिस्तानको लाहोरमा चर्च नजिकै भएको विस्फोटमा १४ जनाको मृत्यु भएको छ। सरकारी अस्पतालका प्रमुख सइद सबुनले मृतक संख्याको पुष्टि गरेका छन्। इसाई बाहुल्य रहेको योहानावादमा भएको विस्फोटमा कम्तीमा ५८ जना घाइते भएका छन्। जसमा ४० जनाको अवस्था गम्भीर छ। इसाई समुदाय प्रार्थनाका लागि गिर्जाघरमा भेला भएका बेला यो घटना भएको हो।

पाकिस्तानी तालिवानसँग जोडिएको समूह जमातुल एहरारले यो आक्रमणको जिम्मा लिएको छ। प्रत्यक्षदर्शीहरूले आक्रमण आत्मघाती भएको जनाए पनि प्रहरीले यसको पुष्टि गरेको छैन।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा ठूलो संख्यामा जम्मा भएको भिडले आक्रमणमा संलग्नता रहेको भन्दै दुई जनालाई निर्घात कुटेको थियो। ती दुई जनाको मृत्यु भएको खबर छ।

कमेन्ट गर्नुहोस्
Share: