बलात्कार विरुद्ध पोखराका महिला सडकमा

Share:

रञ्जन अधिकारी पोखरा, २ चैत। देशभर महिला हिंसा र बलात्कारका घटना सार्वजनिक हुने क्रम बढ्दो छ । बारामा बलात्कृत बालिका पूजा शाहको मृत्यु भएपछि देशभर यसको निन्दा भईरहेको छ । विभिन्न जिल्लामा महिलाहरु प्रदर्शनमा उत्रिरहेका छन् । यसैक्रममा, पोखरामा सोमबार मध्यान्ह हजारौं महिलाहरु सडकमा उत्रिए । कास्कीमै पछिल्लो समय चार वर्षीया बालिका बलात्कारमा परेदेखि शिक्षकबाट समेत यौन हिंसा भएको समाचार आईरहँदा महिलाहरु यसो विरोधमा सडकमा ओहिरिएका हुन् ।

लैगिक हिंसा विरुद्ध अभियान मुल आयोजक समितिको आयोजनामा सम्पन्न विरोध ¥यालिमा हजारौंको सहभागिता रहेको थियो । पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकदेखि सुरु भएको ¥यालि न्युरोड हुँदै पोखरा सभागृह पुगी समापन गर्ने योजना रहेपनि व्यापक भिडको दबाबले सभागृहचोक, सृजनाचोक, रत्नचोक, राष्ट्रवैंकचोक हँुदै सहीदचोक जिल्लाप्रशासन कार्यलय अगाडी धर्ना दिदै समापन भएको थियो । ¥यालीमा व्यापक सहभागिता रह्यो । सभागृह आईपुगेर ¥याली समापन गर्ने योजना थियो तर भिडबाट जिल्ला प्रशासन कार्यालयमै पुगी धर्ना दिने दबाब आएपछि बाध्य भयौं । अभियानकी संयोजक सुष्मा पौडेलले भनिन् – ‘पछिल्लो समयमा न्युजहरु हेर्ने सुन्ने हो भने दिनमै दर्जनौं बलात्कारका घटना थाहा हुन्छ, यसले सबै महिलालाई आक्रोशित बनाएको छ । महिलामात्रै होईन सबैको सहभागिता रहेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।

¥यालीमा सहभागीहरुले बलात्कारीलाई फाँसी दे, वलात्कार विरुद्ध कडा कानुन निर्माण गर, पिडितलाई तत्काल सुरक्षा सहितको न्याय देउ, वलात्कारीलाई सर्वस्व सहित आजीवन कारावासको व्यवस्था गर, अपराधीलाई राजनैतिक संरक्षण नदे लगायतका नाराहरु लगाईएको थियो । टोल विकास संस्था, नगर समन्वय समिति तथा आमा समुहको संयोजनमा सम्पन्न ¥यालिमा पोखरा, लेखनाथ तथा गावीसहरुवाट समेत सहभागीहरु स्वतस्र्फुत रुपमा उपस्थित भएको आयोजकले जनाएको छ । विद्यार्थीदेखि, उद्यमी, आमा समुह, टोल विकास संस्था, युवा क्लव, सहकारी, लायन्स, लिओ, व्यवसायी संघठन, पेशागत संगठन, राजनीतिक दलका प्रतिनिधी, जातजातिका समुह लगायतको सहभागिता रहेको थियो ।

पुजा शाह देखी पोखरामा आईतबार मात्रै श्रीमानको दानवीय व्यवहारबाट मृत्यु भएकी लक्ष्मी अधिकारी तथा हालसम्म लैगिक हिंसाका कारण मृत्यु भएका महिलाहरुको आत्माको चिरशान्तीको कामना गर्दै मौनधारण गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अभियान मुल आयोजक समितिका संयोजक नेपाल पत्रकार महांघका केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेलले ¥यालिमा सहभागि भएर एक्यवद्धता जनाउने सवैलाई धन्यवाद ज्ञापन गर्दै मुल आयोजक समतिको स्वत सदस्य रहेको वताइन् । उनले बलात्कारी विरुद्ध कडा कानुन निर्माण नभएसम्म यो अभियान जारी रहने बताउँदै अब यस्ता घटना दोहोरिन नदिन दवाव ¥याली दवाव दिएको बताइन् । साथै, यस्ता प्रकारका जघन्य अपराधको कानुनमा संशोधन गरी पीडितलाई तत्काल उचित न्यायको व्यवस्थाका साथै पिडकलाई सर्वश्व सहितको आजीन कारावासको व्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।

त्यस्तै कडा कानुनको माग गर्दै हस्ताक्षर संकलन समेत गरिएको थियो । मुल आयोजक समितिले उक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बझाइने कार्यक्रम रहेको छ भने कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीलाई आईतवार नै मुल आयोजक समितिले ज्ञापन पत्र बुझाईसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: