उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ

Share:

काठमाडौ, चैत्र ३ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

pradeepपूरानो फौजदारी मुद्दामा तत्काल पक्राउ गर्न निमल्ने भन्ने यसअघिको फैसलालाई मंगलबार सर्वोच्च अदालतले उल्ट्याए लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनले पञ्चायतकालमा भ्रष्टाचार  मुद्दामा पाएको कैद मिनाहा भैसकेको दावि सहित रिट दिएका थिए। उनलाई तत्काल पक्राउ गर्न नपर्ने भनि यस अघि सर्वोच्चले दिएको आदेशलाई कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार बदर गरेको हो ।

पुनरावेदन अदालतले २०३९ सालमा भ्रष्टाचार मुद्दामा गरेको जरिवाना र कैद सजाय मध्ये १ वर्ष ९ महिना २७ दिन भुक्तान गर्न बाँकी रहेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा परेको थियो ।

उक्त मुद्दामा जिल्ला न्यायाधीश अच्युत विष्टको दश महिना अघि पाण्डेले कैद भुक्तान गर्न बाँकी रहेको भन्दै फैसला कार्यान्वयन गर्न सक्ने आदेश गरेको थियो। उक्त फेसलाको बिरुद्ध पाण्डेले आफुले हुकुम प्रमाङगीबाट जरिवाना र कैद मिनाहा पाएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले भने, उनले दावी अनुसार प्रमाण पुर्याउन नसकेको उल्लेख गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: