परिषद् रोकेर बिस्तारित भेला गर्ने पाल नेतृत्वको युवासंघको निर्णय

Share:

काठमाण्डु, ५ चैत– निरु पाल नेतृत्वको युवासंघले यहि चैत ६ र ७ गते हेटौंडामा गर्ने भनेको परिषद् बैठक रोक्ने निर्णय गरेको छ । एमाले भातृसंगठन युवासंघमा बढेको विवादले समानान्तर कमिटीले छुट्टाछुट्टै बैठक र भेला गर्ने तयारी गरेपछि पार्टीको अनुशासन आयोगले त्यसलाई रोक्न बुधबार पार्टीलाई निर्देशन दिएको थियो ।

yuwa-sangमहेश बस्नतेले अध्यक्षबाट राजीनामा दिएपछि निरु पाललाई अवैधानिक तरिकाले अध्यक्ष बनाईएको भन्दै असन्ुतुष्ट समूहले दिलु पन्तको संयोजकत्वमा समानान्तर कमिटी बनाएको छ । समानान्तर कमिटीले पनि चैत ५ र ६ गते नै काठमाण्डुमा राष्ट्रिय भेला डाकेको छ ।

पाल नेतृत्वको संघले बिहीबार पत्रकार सम्मेलन गरी परिष्द् बैठक रोक्ने जानकारी गराएको हो । तर, त्यहि मिति, समय र स्थानमा परिषद् बैठकको सट्टा विस्तारित भेला गर्ने निर्णय गरेको युवासंघका प्रवक्ता प्रभात कटवालले बताए ।

उक्त पत्रकार सम्मेलनमा युवासंघ हेर्ने पार्टीका ईन्चार्ज शेरबहादुर तामाङको पनि उपस्थिति थियो । तामाङले वितास्तारित भेलामा असन्तुष्ट पक्षलाई पनि ल्याउन निर्देशन दिएका थिए । तर जति गर्दा पनि भेलामा असन्तुष्टहरु आएनन् भने त्यहिबाट कार्वाही गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: