बिग आईकन कुन्साङको गीतको भिडियो छायाँकन

Share:

पोखरा, ६ चैत । पाँचौ सँस्करणका विग आईकन कुन्साङ गुरुङले गाएको पहिलो गीत ‘यति धेरै माया’को भिडियो छायाँकन पोखरामा भएको छ । विग एफएमका कार्यक्रम संयोजक समेत रहेका निर्देशक संजोग बस्यालको निर्देशनमा बनेको भिडियोमा आयुब केसी, पुजा भण्डारी, सपना कार्की र दुर्गाराज पाण्डेले अभिनय गरेका छन् ।

कंगारु एजुकेशन फाउन्डेशन काठमाण्डौको प्रायोजनमा निर्माण भएको भिडियो केहि दिनमै रिलिज हुने निर्देशक बस्यालले बताए । ‘गीतको भिडियो निकै राम्रो बनेको छ । गीतको मर्म अनुसार हामीले यसलाई प्रस्तुत गरेका छौँ ।’ निर्देशकले भने–‘यो गीतबाट विग आईकन कुन्साङको करिअरले अझै गति लिने संभावना मैले देखेको छु ।’

कुन्साङले गाएको गीतलाई उनी आफै लेखेका हुन् । सामसुङ तामाङले गीतमा संगीत दिएका छन् । ‘गीतमा मैले निकै मेहेनत गरेको छु ।’ कुन्साङले भने–‘स्रोता र दर्शकहरुले गीतलाई मन पराउनेमा म ढुक्क छु ।’ यता अभिनेता आयुब केसीले पनि विग आईकन कुन्साङले गाएको गीतमा अभिनय गर्न पाउँदा आफु निकै खुशि भएको प्रतिक्रिया दिएका छन् । गीतको भिडियोलाई मिलन शंकरले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: