तराइमा दुई र पहाडमा आठ प्रदेश बनाउनु पर्छ : भट्टराई

270
0
Share:

जनकपुर, १० चैत / एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराइमा दुई प्रदेश र पहाडमा सात देखि आठ प्रदेश बनाउनु पर्ने बताएका छन् ।

baburam bhattraiमिथिला ऋतु सप्ताहिकका सम्पादक उमेश साहद्वारा लिखित ‘नियति’ व्यङ्ग्य सङ्ग्रहको लोकार्पण गर्दै डा. भट्टराईले सबै जातजाति र भाषा भाषीलाई अधिकार दिन पनि ९ वटा संघीय प्रदेश आवश्यक भएको बताएका हुन् ।

वरिष्ठ नेता भट्टराइले पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुमा आफ्नोमात्र गल्ती नभएर समस्यामाथि समस्या थप्दै जाने प्रवृत्ति मुख्य कारण रहेको उनले बताए । उनले भने, ‘समयमा संविधान नआउनुको एउटै कारण हो मुठीभरिका सत्ताधारी जातका व्यक्तिहरु, जसले सधैँ सत्तामा आफूलाई देख्न चाहन्छन् ।’

समारोहमा माओवादीका पोलिटब्युरो सदस्य रामचन्द्र झा, प्राज्ञ रमेज रञ्जन झा, डा सुरेन्द्र लाभलगायतका वक्ताले पुस्तकमाथि चर्चा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: