चितवनमा बलात्कारको घटना वर्षेनी बढ्दो

456
0
Share:

प्रस्ताव सुवेदी /चितवन, ११ चैत । चितवनमा यो वर्र्ष ३३ जना महिला तथा बालिका बलात्कारको शिकारमा परेका तथ्याङ्क आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Rape-is-a-social-Disease-Fifthangle-1024x646

चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले तथ्याङ्कको पुष्टी गरे । तथ्याङ्कलाई हेर्दा विगत पाँच वर्षयता बलात्कारको घटनाहरु बढ्दै गएको छ ।

अनुसन्धानबाट प्राप्त जानकारी अनुसार सबैभन्दा बढि बलात्कारको घटना प्रलोभनमा पारि हुने गरेको छ । त्यस्तै डरधम्की देखाएर पनि बलात्कारको शिकारमा महिला तथा बालिकाहरु पर्ने गरेको प्रहरीले जनाएको छ ।

चितवनमा गएको सात महिनामा भएका १२ करणीका मुद्दामध्ये १० घटना प्रलोभन र डरत्रास देखाएर भएको प्रहरीले उल्लेख गरेको छ । तथ्याङक हेर्दा १० देखि १६ वर्Èका बालिकाहरु बलात्कारको शिकारमा बढि पर्ने गरेका छन् ।

‘यस्ता घटनाको ठाडो उजुरी नहुने र प्रमाण नष्ट भैसकेपछि मात्रै प्रहरीसम्म आईपुग्ने हुँदा अनुसन्धानमा समस्या आएको छ ।’ प्रहरी प्रवक्ता अधिकारीले बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: