सातौ खैरेनीटार महोत्सव छैठौ दिन : पशुपति सँगै झुमे दर्शकहरु

Share:

११ चैत, तनहुँ / “आर्थिक, सामाजिक, खेलकुदको विकास कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला र संस्कृतिको संरक्षण” भन्ने मुल नाराका साथ गत शुक्रबारदेखि तनहुँको खैरेनीटारमा जारी सातौ खैरेनीटार महोत्सव आज बुधबार पनि जारी रहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपलिका तनहुँले आयोजना गरेको सातौं खैरेनीटार महोत्सवको छैटौँ दिनमा बुधबार मात्र १५ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरि बहादुर थापाले बताउनु भएको छ ।

महोत्सवको छैटौँ दिन बुधबार लोक गायक गायीका पशुपति शर्मा, राधीका हमाल, कृष्ण देबकोटा, लक्ष्मी नेपाली लगाएतका कलाकारको प्रस्तुती रहको थियो । भने बिहीबार लोक गायक गायीका प्रजापती पराजुली, रामजी खाँण, राजु ढकाल, देबी घर्तीको प्रस्तुती रहने र हास्य खेलीश्रृखला डिट्ढा सापका डिट्ढा साप किसोर भण्डारी, बुनु मैचा रेश्मा तिमिल्सिनाको हास्य प्रहसन रहने प्रबत्ता थापाले जानकारी दिनु भएको छ ।

बुधबार सास्कृतिक कार्यक्रम तर्फ भजन कृतन प्रतियोगीता , रतौली प्रत्योगीता र झ्याउरे नाच प्रस्तुत भएको थियो । चैत्र १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलहरुको अवलोकन, जलविहार, गुफा अवलोकन, तीनखोले देवी मन्दिर दर्शन, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, बाल उद्यान, रमाईलो मेला, मिनी चिडिया घर लगायत मुख्य आकर्षणहरु रहेका छन् ।

महोत्सवले ग्रामीण पर्यटकीय क्षेत्र दगाम, भुजिकोट, तीनखोले देवी मन्दिर, ढोरवाराही मन्दिर, सेती नदी किनारमा रहेको रक गार्डेन लगायत स्थानको प्रचार प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सव अबधिभर करिब ४ करोड ५० लाख रुपैयाँको आर्थिक कारोवार र २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट हुने आम्दानीले खैरेनीटारका सडकमा सोलारबत्ती र सिसिटिभी जडानमा लगानी गरिने महोत्सवका आर्थिक निर्देशक समुन्द्रराम श्रेष्ठले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: