बुद्ध दर्शन, माक्र्सवाद र पुर्वीय दर्शनको चर्चा

Share:

रञ्जन अधिकारी पोखरा, १४ चैत / पोखरामा बुद्ध दर्शन र माक्र्सवाद तथा पुर्वीय दार्शनिक परम्पराका बारेमा चर्चा गरिएको छ । गण्डकी साहित्य संगम र प्रगतिशिल लेखक संघ पोखराले संयुक्त रुपमा पोखरामा शनिबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले बुद्ध र माक्र्सबादलाई विभिन्न दृष्टीकोणबाट ब्याख्या गरे ।

कार्यक्रममा माक्र्सवादी अध्येता, बाम बुद्धिजीवि रामराज रेग्मीले बुद्ध दर्शन र माक्र्सवाद विषयमा तथा प्राज्ञ गोपिरमण उपाध्यायले पुर्वीय दार्शनिक परम्परा शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा रेग्मीले माक्र्स र बुद्ध दुबै साम्यबादी चरित्रको भएको, भौतिक धरातलमा दुबै समान देखिएका अथवा दुवै भौतिकबादी कित्तामा उभिएको, बुद्धको प्रतित्य समुत्पाद र माक्सको अन्र्तसंबन्धको सिद्धान्तको चरित्रमा मेल भएको तथ्य प्रस्तुत गरेका थिए । रेग्मीको कार्यपत्र माथि टिप्पणी गर्दै प्राज्ञ बिष्णु प्रभातले बौद्ध चिन्तनका प्रभाव भने तन्त्रहरुबाट भएकोले माक्र्ससंग मेल नखाने उल्लेख गरे । तर नरनारी बराबर हो भन्ने चिन्तनबाट बुद्ध पनि सकारात्मक देखिएको, बिभेद बर्गिय हुन्छ भन्ने कुरालाई बुद्धले पनि स्वीकार गरेको उल्लेख गरे ।

Buddha Darshanप्राज्ञ गोपिरमण उपाध्यायले कुनै पनि दर्शन तथा दार्शनिक प्रणाली उत्पादन संग जोडिएको हुने भएपनि कुन खालको आर्थिक ,समाजिक तथा राजनीतिक चरित्र बाट आएको छ भन्ने विवेचनाको आवश्यकता पर्र्ने बताए । जीवनको लागि आवस्यक पर्ने छाना, नाना र खानाको उत्पादन भएपछि मात्र मानिसहरुले दर्शनको खोजि गरेको तथ्य उपाध्यायको कार्यपत्रमा प्रस्तुत थियो । मानिसले जिवन रक्षाका लागि भौतिक उत्पादन गर्छ र सांस्कृतिक, सामाजिक तथा दर्शनको उत्पादन गर्ने उनले सो अबसरमा बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता तिलक पराजुलीले दर्शनको क्षेत्रमा आएको पुर्विय दर्शन र पश्चिमी दर्शन केवल भुगोलको आधारमा आएको बताए । दर्शनको विकास संगै समाज रुपान्तरणका लागि भने माक्र्सबादी दृष्टीकोणको आधारमा हुन आवस्यक भएको उनले उल्लेख गरे । कार्यक्रममा प्राज्ञ डा. भवानी पाण्डेले दर्शनहरुको बारेमा बोलेका थिए ।

प्राध्यापक तथा अधिकारबादी गोपाल सिवाकोटी, प्राध्यापक डा. पशुपतिनाथ तिमिल्सेना, नारायण बास्तोला, धुब्र अधिकारी लगायतले बोलेका थिए ।

गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशिल लेखक संघका अध्यक्ष डा. कृष्णराज अधिकारीले स्वागत तथा संगमका सचिव राजेन्द्र पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: